मोरङ : सामूहिक बलात्कारमा दोषी ठहर भए पनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेका एक जनालाई मोरङको केराबारीबाट प्रहरीले पक्राउ गरेको छ ।
घटना भएको ८ वर्षपछि केराबारी गाउँपालिका ८ का ३१ वर्षीय अशोककुमार भनिने गिरिजा बस्नेतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बस्नेतसहित तीन जनाले २०७१ साल जेठ ९ गते विद्यालयबाट फर्कदै गरेकी १६ वर्षीया किशोरीलाई मोटरसाइकलमा राखी जङ्गलमा पुर्याएर सामूहिक बलात्कार गरेका थिए ।
घटनामा संलग्न प्रकाश थापा त्यतिबेलै पक्राउ परेपनि दुई जना फरार थिए । फरार रहेकामध्ये बस्नेतलाई इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले पक्राउ गरेर बिहीबार अदालतमा पेश गरेको छ ।
घटनामा संलग्न एक जना अझै फरार रहेको र खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।
२०७२ चैत ३ गते जिल्ला अदालत मोरङले जनही १३ वर्ष कैद सजाय र २५ हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।
पक्राउ गरेर प्रहरीले बुझाएपछि बस्नेतलाई अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।














Discussion about this post