इटहरी : उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा जीवन पराजुली निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा आइतबार मतगणना भएको थियो । अन्तिम मतपरिणाम अनुसार पराजुलीले १,१८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
यस्तै, अध्यक्षकै उम्मेदवार रञ्जु सिग्देल (चौलागाईँ) ले ८४७ मत प्राप्त गरिन् । यस्तै, गायत्री कटवाल (भण्डारी) ले ५६३ मत प्राप्त गरिन् भने मणिन्द्रकुमार कटवालले ४० मत प्राप्त गरे ।
अध्यक्ष पदमा कूल २,७९० मत खसेको थियो ।
होटल व्यवसायी संघ इटहरीका वर्तमान अध्यक्ष समेत रहेका पराजुलीले यसअघि तरहरा जेसीज वर्ष २०१३ को कुशल नेतृत्व प्रदान गरिसकेका छन् ।
नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष समेत भइसकेका उनी लायन्स क्लब अफ इटहरी सिटी र लायन्स क्लब अफ ३२५ को जोन चियरपर्सन भइसकेका छन् ।
आँफू अध्यक्षमा निर्वाचित भइसकेपछि पराजुलीले व्यवसायीका हक, हित तथा समस्या समाधानका निम्ति योगदान गर्ने बताए ।
उनले स–साना व्यवसायदेखि ठूला व्यवसायीलाई समेत समेट्दै एकसुत्रमा उनेर काम गर्ने प्रतिबद्वता व्यक्त गरे । उनले भने, ‘इटहरी व्यवसायिक हब बन्दै गर्दा यहाँ आएका समस्या समाधानमा हातेमालो गर्न मेरो भूमिका रहन्छ ।’
यो पनि – उवासंघ इटहरी : वाणिज्य र महिलातर्फको नतिजा सार्वजनिक (को को भए निर्वाचित)














Discussion about this post