Sunday, August 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विचार

रोशन भुजेलको विचार – अबको अन्तरिम प्रधानमन्त्री डा. सन्दुक रूइत उपयुक्त

रोशन भुजेल by रोशन भुजेल
भदौ २६, २०८२
in विचार
0
रोशन भुजेलको विचार – अबको अन्तरिम प्रधानमन्त्री डा. सन्दुक रूइत उपयुक्त
81
SHARES
Share on FacebookShare on Twitter

नेपाल अहिले इतिहासकै सबैभन्दा भीषण मोडबाट गुज्रिरहेको अवस्था छ । दशकौंको राजनीतिक संघर्ष, आन्दोलन, र नेतृत्व परिवर्तनपछि पनि जनताको अपेक्षाअनुसार सुशासन र जनहीतमा आधारित प्रणाली निर्माण हुन सकेको छैन ।

हरेक आन्दोलनले नयाँ आशा र भरोसा बोकेको थियो । तर ती सबै अपेक्षाहरू फेरि फेरि धोका मात्रै बने। राजनीतिक परिवर्तनहरू भए । राजतन्त्रको अन्त्य भयो, गणतन्त्र आयो, नयाँ संविधान बन्यो । तर शासकीय चरित्र कहिल्यै जनमुखी बन्न सकेन।

जेन जी जस्तो नयाँ पुस्ताले उठाएको आवाज र आँधीबेहरीले देश अब पुराना शैलीका नेताहरूबाट होइन, इमानदार, निष्पक्ष र देशभक्त नेतृत्वबाट मात्र अगाडि बढ्न सक्छ भन्ने कुरा छलङ्ग देखाइदिएको छ । भ्रष्टाचारका विरुद्ध उठेको यो आन्दोलनले दोस्रो दिनमै भ्रष्ट नेताहरूलाई घुँडा टेकाएको दृश्य, जनतामा कति शक्ति हुन्छ भन्ने कुराको प्रमाण थियो।

तर, आन्दोलनले नतिजा प्राप्त गरि सकेपछि पनि सार्वजनिक सम्पत्तिमा निरन्तर क्षति पुगिरहनु, सरकारी संयन्त्रहरूको निष्क्रियता, र सुरक्षाकर्मीहरूको मूकदर्शक भूमिकालगायतले अझै पनि प्रणालीभित्र गहिरो समस्याहरू रहेको कुरालाई उजागर गरिरहेको छ।

पहिलो दिनमा विद्यार्थिहरुको टाउको र छातीमा ताकी ताकी गोली हान्नु र स्थितिलाई झन गम्भीर बनाउनु र दोस्रो दिन मूकदर्शक बन्नुले यो कसैले नियोजित ढंगबाट प्रयोग गरिरहेको त छैन भन्ने कुरामा थप शंका उब्जाएको छ ।

र आज, नेपालजस्तो अस्थिर र दिशाहीन अवस्थामा रहेको मुलुकलाई पुनः स्थायित्व, विश्वास र मार्गदर्शन दिन सक्ने नेतृत्व चाहिएको छ भने त्यो नेतृत्व डा. सन्दुक रूइतजस्तो निष्पक्ष, राष्ट्रवादी र मानवतावादी व्यक्तित्वले मात्र दिन सक्छन्।

प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि नेपाली सेनाले किन समयमै अवस्था नियन्त्रणमा लिन सकेन ? किन सिंहदरबार र सर्वोच्च अदालत जल्दासम्म तीन सय मिटर परबाट हेरिरह्यो ? यो त्यही सेना हो, जसले इतिहासमै दरबार हत्याकाण्डजस्तो घटनामा पनि मौन बस्यो।

नेपाली सेनाले कसको निर्देशन कुरेर बस्यो ? नेपाली सेनाले आखैँ अगाडि देश खरानी भएको हेरेर बसिरह्यो । प्रधानसेनापतिले राष्ट्रपतिको राजीनामा मागेको भन्ने अपुष्ट समाचारहरू पनि आइरहेका छन् । यदि यो साँचो हो भने अवस्था थप गम्भीर हुने देखिन्छ ।

अहिलेसम्म राष्ट्रपतिलाई सार्वजनिक नगर्नुले पनि आर्मीको भूमिका शंकास्पद छ भन्ने आकलन गर्न सकिन्छ ।

देश अस्थिरता भएको अवस्थामा विदेशी स्वार्थ र हस्तक्षेपको सम्भावना झनै बढ्छन् । यति संवेदनशील अवस्थामा राष्ट्रको बागडोर कसको हातमा दिने भन्ने निर्णय अत्यन्त सोचविचारसहित हुनुपर्ने हुन्छ। किनभने, आजसम्म नेपालका उच्च तहका अधिकतर पदहरू राजनीतिक नियुक्तिका आधारमा भरिएका छन्।

उनीहरू वा त कुनै राजनीतिक दलको सिफारिसमा पुगेका छन्, वा दलहरूसँग गहिरो सम्बन्ध भएका छन्। सुप्रसिद्ध न्यायाधीश सुशीला कार्की पनि कुनै दलसँग नजिक थिइन् भन्ने कुरा जनताले बुझ्ने समय आइसकेको छ।

तर, एउटा नाम छ, जसले देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै नेपालको पहिचान बनाएका छन् । जसको नाम हो डा. सन्दुक रूइत ।

विश्वभर नेत्र उपचारको क्षेत्रमा क्रान्ति ल्याएका, हजारौंको आँखा उज्यालो बनाउने काम गरेका डा. रूइत अहिलेसम्म कुनै पनि राजनीतिक दलसँग प्रत्यक्ष सम्बन्धमा देखिएका छैनन्। उनी पेशागत, नीतिगत र नैतिक दृष्टिकोणबाट पूर्णतः स्वच्छ छन्।

र आज, नेपालजस्तो अस्थिर र दिशाहीन अवस्थामा रहेको मुलुकलाई पुनः स्थायित्व, विश्वास र मार्गदर्शन दिन सक्ने नेतृत्व चाहिएको छ भने त्यो नेतृत्व डा. सन्दुक रूइतजस्तो निष्पक्ष, राष्ट्रवादी र मानवतावादी व्यक्तित्वले मात्र दिन सक्छन्।

देश बचाउने हो भने, अबको अन्तरिम प्रधानमन्त्री डा. रूइत हुनुपर्छ। जुन नेतृत्वले न कुनै स्वार्थ देख्छ, न कुनै दलको बिल्ला बोकेको छ।

(लेखक भुजलेको निजी विचार हो ।)

Tags: #विचाररोशन भुजेल
रोशन भुजेल

रोशन भुजेल

Related Posts

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति
FEATURE BREAKING

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

by रोशन भुजेल
साउन १६, २०८३
0

‘अर्थको खोजीमा मानिस’ नामक विश्वप्रसिद्ध पुस्तकका लेखक भिक्टर ई फ्राङ्कल (Viktore E Frankl) हुन् । उनी अष्ट्रियाका प्रसिद्ध न्युरोलोजिस्ट, दार्शनिक,...

वामपन्थीहरूको छटपटाहट
टाकुरा विशेष

वामपन्थीहरूको छटपटाहट

by रोशन भुजेल
असार २५, २०८३
0

मदन भण्डारीले नेपालका कम्युनिष्टहरूलाई सत्ताभोग गर्ने मन्त्र दिएर गएका थिए । त्यो मन्त्र थियो ‘जनताको बहुदलीय जनवाद ।‘ त्यसमा मनमोहन...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
नयाँ सरकारका चुनौतीका चाङ

नयाँ सरकारका चुनौतीका चाङ

चैत्र १९, २०८२
रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा

रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा

फाल्गुन २७, २०८२
सृजनात्मक विद्रोह र आगामी निर्वाचन : सृजनात्मक विद्रोह अब मतदानबाट गरौँ

सृजनात्मक विद्रोह र आगामी निर्वाचन : सृजनात्मक विद्रोह अब मतदानबाट गरौँ

फाल्गुन १२, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा ब्राउनसुगरसहित युवक पक्राउ

साउन १७, २०८३
संखुवासभा र मोरङबाट चार थान भरुवा बन्दुक बरामद

संखुवासभा र मोरङबाट चार थान भरुवा बन्दुक बरामद

साउन १७, २०८३
अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

अर्थपूर्ण जीवनतर्फ डोर्‍याउने विश्वप्रसिद्ध कृति

साउन १६, २०८३
धनकुटामा एकै कक्षाका १३ विद्यार्थीमा कोरोना संक्रमण

धनकुटामा आठ सय केजी गाँजासहित दुई पक्राउ

साउन १६, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    632 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.