Wednesday, September 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

कांग्रेसमा अनावश्यक बहसको अन्त्य कहिले ?

रमेशकुमार पोखरेल  by रमेशकुमार पोखरेल 
अशोज १४, २०८३
in FEATURE BREAKING, टाकुरा विशेष, विचार
0
कांग्रेसमा अनावश्यक बहसको अन्त्य कहिले ?
53
SHARES
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसमा १५ औ महाधिवेशन आवश्यक भएको विषयमा कांग्रेसका संस्थापन र इतर समूहका नेताहरूबीच मतभेद नरहेपनि अधिवेशनका मितिका सन्दर्भमा विवाद भइरहेको छ ।

अधिवेशनको मितिबाहेक पनि कस्को नेतृत्वमा अधिवेशन हुने भन्ने जुँगाको लडाइ चलिरहेको छ । एकातिर संस्थापन समूहको वडा अधिवेशन तथा पालिका हुँदै क्षेत्रीय अधिवेशनका प्रक्रियासम्म चलिरहेको छ भने अर्कोतर्फ इतर समूहको वडा अधिवेशन सुरु नै भएको छैन ।

एक थरिका नेताहरू पार्टी एकताको ढोंग पिटाइरहेका छन् । के त्यो प्रयत्नले पार्टी एकता हुन्छ ? के ती पार्टी एकताका लागि भएका पहलहरूले पूर्व सभापति शेरबहादुर देउवा, पूर्व महामन्त्री शशांक कोइराला, डा.शेखर कोइराला, पूर्व उपसभापति पूर्णबहादुर खडका र हाल नेतृत्वमा रहेका सभापति गगन थापा लगायतलाई एक ठाउँमा ल्याउने कडिको काम गर्न सक्छ ?

पार्टीका बहुमत प्रतिनिधिहरू उपस्थित भएर गरेको विशेष महाधिवेशन र सो बाट भए गरेका निर्णयहरू नमान्ने, नेतृत्व स्वीकार नगर्ने कार्यले यति लामो समय पार्टीमा योगदान गरेर पार्टीका महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका नेताहरूलाई कुन रूपमा मूल्यांकन गर्छ ? यो प्रश्न आम कार्यकर्तामा छ ।

जब अधिवेशनको अपरिहार्यता दुवै तर्फले स्वीकार ग¥यो भने १०।१५ दिन वा एक दुई महिना अधिवेशन सारौं भन्ने कारण के हो ? त्यो अवधिसम्म अधिवेशन लम्ब्याउनु पर्ने यथोचित कारण के हो ? कसैको जुँगाको लडाइका कारणमात्र मिति नस्विकारिएको हो ? वा अन्य कुनै कारण छ ? हालको क्रियाशिल सदस्यताका विषयको अविश्वास के को हो ? क्रियाशील सदस्यता वितरण गर्दा गगन थापा स्वयम् बसेर वडा वडामा भरे जस्तो किन बुझियो ?

पूर्व सभापति शेरबहादुर देउवा जसलाई देशभरका अहिलेकै वडा सभापतिहरूले बनाएका क्रियाशील सदस्यहरूले जिताएका महाधिवेशन प्रतिनिधिहरूले १४ औं महाधिवेशनमा जिताउनु भएको थियो ।

संस्थापन पक्षले प्रयोग गरेका क्रियाशील सदस्यहरूको समेतको सूची प्रयोग गर्न पाउने हो कि होइन ? इतर समूहले दाबी गरेको ८ लाख हाराहारीको क्रियाशील सदस्यता सूची इतर समूहले प्रयोग गर्न पाउने हो कि हैन ? यस विषयमा संस्थापन पक्षको अधिकारिक धारणा के हो ? इतर समूह र संस्थापन समूह दुवैका क्रियाशील सूचीमा परेका क्रियाशील सदस्यहरूको धारणा के हो ? की दुवै तिर मलाई समेटियो भनेर दही च्युरे भूमिका गरेरै बस्ने हो ?

हामीले जुगाको लडाइ लड्यौँ, आँफू अनुकुल हुने गरी अनावश्यक बहस ग¥यौँ । तर कहिल्यै गाउँ–गाँउमा रहेका कांग्रेस जनको भावना बुझेनौँ । अर्कोले घोषणा गरेको मिति हामी मान्दैनौँ भन्ने अनावश्यक तर्क छ । पदलाई मनमा राखेर कांग्रेस पार्टीलाई दोस्रो वरियतामा मनमा राख्यौ ।

आफूले सभापति वा चाहेको पद पाउँदा मात्र ठीक हुने नत्र बेठीक भन्ने नेताहरूको मनोपोलीले आम कांग्रेसीजनमा रहेको आदरणीय नेताहरू बीपी पुत्र डा.शशांक कोइराला, नोना पुत्र डा. शेखर कोइराला, गणेशमान पुत्र प्रकाशमान सिंह, महेन्द्र नारायण निधि पुत्र विमलेन्द्र प्रतिको श्रद्दा तेज गतिमा घट्दो छ । जुन अत्यन्तै दुःखद् हो ।

अब के हुनु पथ्र्यो हैन, के हुनुपर्छ ? भन्ने बहस जरूरी छ । समयको माग के हो ? नयाँ पुस्तामा कांग्रेस कसरी स्थापित गर्ने ?

जनजीविकाका प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुलाई तुरुन्त कसरी सम्बोधन गर्ने ? नागरिकमाझ सजीव कांग्रेस कसरी राख्ने ? आर्थिक विकास, सुशासन, रोजगारी, निःशुल्क शिक्षा, स्वास्थ्य उपचार, भ्रष्टाचार निवारण आदि विषयहरूमा बहस गरौं । अधिवेशन सम्पन्न गरौँ । नत्र रेल छुटेपछि गुनासो गर्नुको औचित्य रहँदैन ।

(पोखरेल अधिवक्ता एवम् कांग्रेस सुनसरीका नेता हुन् ।)

Tags: #कांग्रेस#नेपाली कांग्रेसकाँग्रेसकाँग्रेस महाधिवेशनटाकुरा विशेषनेपाली काँग्रेसरमेशकुमार पोखरेल
रमेशकुमार पोखरेल 

रमेशकुमार पोखरेल 

Related Posts

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म
टाकुरा विशेष

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

by रमेशकुमार पोखरेल 
अशोज १०, २०८३
0

धेरै नेपाली युवाका लागि शिक्षा आत्मविश्वास, महत्वाकांक्षा वा स्पष्ट भविष्यको सपनाबाट सुरु हुँदैन । बरु, यसको सुरुवात डर र थकानबाट...

टाकुरा विशेष

कोशी प्रदेशमा सिमसार पर्यटन

by रमेशकुमार पोखरेल 
अशोज १०, २०८३
0

पूर्वी नेपालको झापादेखि धनकुटा सिराहासम्म ७७ वटा सिमसार सरकारी अभिलेखमा सूचीकृत छन् तर पनि एक दर्जनजतिको संख्या अझै थपिन्छ, जुन...

Auto Draft

प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सम्बोधन (नेपालीमा पूर्ण पाठ)

अशोज ९, २०८३
विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

अशोज ७, २०८३
पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

पग्लिँदै हिमाल, बढ्दै हिमतालको खतरा

अशोज ४, २०८३
मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तस्बिरमा भोजपुर बजार

तस्बिरमा भोजपुर बजार

अशोज १४, २०८३
कांग्रेसमा अनावश्यक बहसको अन्त्य कहिले ?

कांग्रेसमा अनावश्यक बहसको अन्त्य कहिले ?

अशोज १४, २०८३
विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

विराट क्रिकेट लिग कर्पोरेट संस्करण आयोजनाको तयारी

अशोज १३, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

जजक र चोरी मुद्दामा सुनसरी अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ

अशोज १३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.