Friday, October 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विकासनिर्माणमा उपसभामुख दनुवारकाे दाैडधूप

माधव पोख्रेल by माधव पोख्रेल
अशोज १५, २०८३
in समाचार
0
विकासनिर्माणमा उपसभामुख दनुवारकाे दाैडधूप
53
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : त्रियुगा नगरपालिका–१२ स्थित जनप्रेमी टोलमा करिब २ सय मिटर सडक ढलान निर्माण सम्पन्न भएको छ । कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारको पहलमा स्वास्थ्य कार्यालय जाने सडकको ढलान गरिएको हो ।

सडक निर्माण सम्पन्न भएसँगै स्थानीयवासीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

विगतमा सडकमा खाल्डाखुल्डी हुनुका साथै वर्षायाममा पानी जम्ने र हिलाम्मे तथा अन्य समयमा धुलाम्मे हुने समस्या रहेकाले स्थानीयवासीलाई आवतजावतमा कठिनाइ हुँदै आएको थियो । सडक ढलान भएपछि उक्त समस्या समाधान हुने स्थानीयले बताए ।

स्थानीय भावना कार्कीले सडक निर्माण सम्पन्न भएपछि दैनिक आवतजावतमा सहज भएको बताए । लामो समयदेखि खाल्डाखुल्डी, धुलो र हिलोमा हिँड्नुपर्ने बाध्यता रहेको भन्दै सडक ढलान भएपछि स्थानीयवासी खुसी भएको उनले बताए ।

वडा नम्बर १२ का अध्यक्ष नवीन राईका अनुसार कोशी प्रदेश पूर्वाधार विकास कार्यालयको बजेटबाट सडक निर्माण गरिएको हो । सडक निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा २५ लाख रुपैयाँ र त्यसपछि थप १५ लाख रुपैयाँ बजेट खर्च भएको उनले बताए । दुई आर्थिक वर्षमा सडकको निर्माण कार्य सम्पन्न गरिएको अध्यक्ष राईले बताए ।

अध्यक्ष राईका अनुसार अघिल्लो आर्थिक वर्षमा १ सय ९२ मिटर सडक ढलान गरिएको थियो भने त्यसपछिको आर्थिक वर्षमा थप १ सय २ मिटर सडक निर्माण गरिएको हो । दुई चरणमा गरी सडक ढलानको काम सम्पन्न भएको उनले बताए ।

सडक निर्माण सम्पन्न भएपछि कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले निर्माणस्थलको निरीक्षण गरेकी छन् । निरीक्षणका क्रममा उनले सडक गुणस्तरीय ढंगले निर्माण भएकोमा खुसी व्यक्त गरिन् ।

स्थानीयवासीको दैनिक आवतजावतसँग प्रत्यक्ष जोडिएको सडक निर्माण सम्पन्न भएपछि टोलवासीलाई सुविधा पुग्ने उनले बताइन् ।

उपसभामुख दनुवारले निर्माण भएको सडकको संरक्षणमा स्थानीय उपभोक्ता तथा टोल विकास समितिको महत्वपूर्ण भूमिका रहने बताइन् ।

सडक निर्माण गरेपछि त्यसको नियमित संरक्षण र उपयोगमा स्थानीयवासीले ध्यान दिनुपर्नेमा उनले जोड दिइन् । सार्वजनिक पूर्वाधार दीर्घकालसम्म टिकाउन सम्बन्धित निकायसँगै स्थानीय समुदायको पनि जिम्मेवारी रहने उनले बताइन् ।

सडक ढलानसँगै स्वास्थ्य कार्यालय जाने बाटोसमेत सहज बनेको स्थानीयवासीले बताए । वर्षायाममा पानी जम्ने र हिँडडुल गर्न कठिन हुने समस्या कम हुने भएकाले सडकले स्थानीयको दैनिक जीवनमा प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीयवासीले सडक निर्माणका लागि पहल गर्ने जनप्रतिनिधि तथा सहयोग गर्ने सम्बन्धित निकायप्रति धन्यवाद व्यक्त गरेका छन् । निर्माण सम्पन्न सडकको संरक्षण गर्दै आगामी दिनमा आवश्यक अन्य पूर्वाधार विकासमा समेत ध्यान दिनुपर्ने स्थानीयको अपेक्षा छ ।

Tags: उपसभामुखसिर्जना दनुवार
माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित
समाचार

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

by टाकुरा न्यूज । इटहरी
अशोज १५, २०८३
0

विराटनगर : नेपाली कांग्रेस विराटनगर महानगर कार्यसमितिको सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार भएको...

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत
खेलकुद

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

by माधव पोख्रेल
अशोज १५, २०८३
0

 उदयपुर । उदयपुर जिल्ला खेलकुद विकास समितिको सदस्यमा चौदण्डीगढी नगरपालिका–७, बेल्टारका युवा समाजसेवी अनुपराज खत्री मनोनीत भएका छन् । खेलकुद...

इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

गगन पक्षकाे महाधिवेशनलगत्तै देउवा पक्षीय काँग्रेसकाे सुरु

अशोज १५, २०८३
६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

अशोज १५, २०८३
इटहरीबाट गाँजा सहित एक व्यक्ति पक्राउ

५६४ किलो गाँजासहित सुमो नियन्त्रणमा

अशोज १५, २०८३
कोशीमा आवधिक योजना सार्वजनिक

प्रदेश योजना आयोगमा खतिवडा र राई नियुक्त

अशोज १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

विराटनगर काँग्रेस सभापतिमा कृृष्ण कार्की निर्वाचित

अशोज १५, २०८३
जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

जिल्ला खेलकुद विकास समितिमा अनुपराज खत्री मनोनीत

अशोज १५, २०८३
इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

गगन पक्षकाे महाधिवेशनलगत्तै देउवा पक्षीय काँग्रेसकाे सुरु

अशोज १५, २०८३
६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

६/११ गोर्खा राइफल्सको ३४औँ जन्मदिवस, पूर्वसैनिकबीच पुनर्मिलन

अशोज १५, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    962 shares
    Share 385 Tweet 241
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    762 shares
    Share 305 Tweet 191
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    356 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.