म बाग सारा डुलेर हेर्छु
के हुन्छ काँडा चुमेर हेर्छु
तिमी मलाई लुकेर हेर्छौ
तिमीले जस्तै लुकेर हेर्छु
सबैले भन्छन् कठोर छस् तँ
म आज माला उनेर हेर्छु
न साथमा छौ न सम्झनामा
पुरानो तस्बिर पुछेर हेर्छु
किताबमा छन् अनेक व्याख्या
के रै’छ माया गरेर हेर्छु
यो पिञ्जरामै बिताएँ जीवन
हरेक राती उडेर हेर्छु
पवनले तिम्रो खबर सुनायो
ठिकै छ विश्वास गरेर हेर्छु


















Discussion about this post