इटहरी : सप्तकोसी नदीका २२ वटा ढोका खुल्ला गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार आज बिहान ६ बजेसम्मको अपडेट अनुसार २२ वटा ढोका खुल्ला गरिएको हो ।
नदीमा हाल १,२२,८६० क्यूसेक पानी रहेको छ ।
सप्तकोसी नदी तथा सहायक नदीका छेउछाउमा बसोबास गरेका बासिन्दालाई सचेत रहन आग्रह गरिएको सुनसरी प्रशासनले जनाएको छ ।
पानी पर्ने, रहने क्रम जार िरहेकाले पानीको बहावमा घटबड भइरहने प्रशासनले जनाएको छ ।














Discussion about this post