इटहरी : आन्तरिक पर्यटन प्रर्वद्धन गर्न इलामको श्रीअन्तुदेखि मुगुको रारा तालसम्मको यात्रामा निस्किएका विश्व साइकल यात्री पुष्कर शाहसहितका साइकल यात्रीहरुलाई इटहरीको तालतलैयामा स्वागत गरिएको छ ।
विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहको नेतृत्वमा ५० जनाको टोली अन्तुदेखि रारासम्म १८ सय किलोमिटरको दूरी साइकल यात्रामा निस्किएका छन् ।
‘जो यात्रा गर्छन्, उनीहरुका पैताला थाक्छन्, जीवनमा जो यात्रा गर्दैनन्, उनीहरुका मस्तिष्क थाक्छन्,’ उनले कार्यक्रममा बोल्दै भने, ‘यात्रा गरेर हामी पैताला थकाउछौँ, मस्तिष्क थकाउँदैनौ ।’
तरहरा जेसीज, तरहरा साइक्लिङ तथा विभिन्न संघ–संस्थाहरुले साइकल यात्रीहरुलाई तालतलैयामा स्वागत गरेको हो ।
करिब ५० जनाको टोलीले २८ जिल्ला हुदै २८ दिनमा रारा पुग्ने बताइएको छ । ‘सम्बन्ध जोडौँ, देश घुमौँ’ भन्ने सन्देशका साथ यात्रा सुरु गरिएको विश्व साइकल यात्री शाहले बताए । उनका अनुसार गत वर्षदेखि आफूहरु पर्यटन प्रर्वद्धनका निम्ति पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म साइकल यात्रामा निस्किएको बताए ।
‘जो यात्रा गर्छन्, उनीहरुका पैताला थाक्छन्, जीवनमा जो यात्रा गर्दैनन्, उनीहरुका मस्तिष्क थाक्छन्,’ उनले कार्यक्रममा बोल्दै भने, ‘यात्रा गरेर हामी पैताला थकाउछौँ, मस्तिष्क थकाउँदैनौ ।’ साइकल यात्रीहरुले प्रकृतिलाई माया गर्ने बताए ।
साइक्लिष्ट उमेश भण्डारीले नेपालको प्राकृतिक सुन्दरतालाई देशविदेशसम्म पुर्याउन साइक्लिङ महत्वपूर्ण माध्यम रहेको सुनाए ।
तालतलैया विकास तथा संरक्षण संस्थाका अध्यक्ष वीरबहादुर लिम्बूले कार्यक्रममा बोल्दै साइकलयात्रीले पर्यटन प्रवद्वनमा अतुलनीय योगदान पुर्याउने बताए ।
तालतलैयामा कलात्मक र सन्देशमुलक मूर्तिहरुका कारण पनि यहाँको वातावरणले पर्यटकहरुलाई आकर्षित गर्ने उनको तर्क थियो ।
तरहरा जेसीजका सचिव सचिन कार्कीको संयोजकत्वमा भएको कार्यक्रम जेसीजका अध्यक्ष सन्तोष रेग्मीको सभाध्यक्षमा सम्पन्न भएको थियो ।
Discussion about this post