इटहरी (डेस्क) : ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङ कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धनबहादुर बिष्टलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
भोजपुर षडानन्द नगरपालिकास्थित खेतमा बालिकालाई उनले जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post