भोजपुर : भोजपुरको षडानन्द नगरपालिकाको बिहीबारे बजारमा भएको आगलागीमा एक बालिकाको मृत्यु भएको छ ।
घरमा अचानक आगलागी भएपछि अढाई वर्षकी रेश्मा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट बालिकाका बुबा २८ वर्षीया खेममणि तामाङ र २३ वर्षीया आमा मीना समेत गम्भीर घाइते भएका छन् । घाइते दुवैलाई थप उपचारका लागि धरानास्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आगलागीबाट चार घर जलेर नष्ट भएका छन् । खेममणि, डम्बर तामाङ, अर्जुन तामाङको घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post