इटहरी : सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका ६ का ७० वर्षीय खटर सवरियाको कुटपिटबाट मृत्यु भएको छ ।
कुटपिटमा संग्लग्न तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय ४५ वर्षीया प्रमिला मण्डल, ३३ वर्षीया गुडी मण्डल र २१ वर्षीय देवनन्दन मण्डल रहेका छन् ।
उनीहरूले वृद्वलाई शनिबार बिहान कुटपिट गरेको र सोही कारणले मृत्यु भएको भन्ने खवर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटिई घटनामा सग्लग्न तीन जनालाई नै पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई सुनसरी प्रहरीले सार्वजनिक गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।













Discussion about this post