इटहरी : सुनसरीमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका ९ का ३० वर्षीय तजमुल ईस्लाम मियाँ रहेका छन् ।
उनले ती किशोरीलाई मंसिर १६ गते राति तेह्रथुमको लालीगुराँस नगरपालिका २ वसन्तपुरस्थित एक होटलमा जबरजस्ती करणी गरेको उजुरी परेको छ ।
उजुरीसँगै उनलाई खोजिरहेको प्रहरीले दुहबीस्थित गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post