दुहबी : इलाका प्रहरी कार्यालय दुहबीले जबरजस्ती करणी मुद्वाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्वामा जिल्ला अदालत सुनसरीको २०६९।०१।३१ गतेको फैसला आदेशले १० वर्ष कैद सजाय फैसला भएर फरार रहेका गढी गाउँपालिका २ का ३५ वर्षीय बिटोसन भनिने विमल कुमार चौधरीलाई गाउँघरबाटै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक बुद्वि चौलगाईँका नुसार पक्राउ परेका चौधरीलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराएर कैद सजाय भुक्तानको लागि झुम्का कारगार पठाइएको छ ।














Discussion about this post