इटहरी : इटहरीमा पार्किङ समस्या भएका कारण व्यापारीमा समस्या भएको भन्दै उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीले मेयर हेमकर्ण पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
इटहरीको मुख्य चौक आसपासका क्षेत्रमा पार्किङको समस्या भएका कारण व्यवसायीहरू मारमा परेको भन्दै उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले मेयर पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
पार्किङ समस्या चाँडै समाधान गर्नुपर्ने पराजुलीले बताए । पछिल्लो समय देशमा आर्थिक मन्दी र व्यापारमा आइरहेको ह्रासका कारण व्यवसायीहरूमा तनाव उत्पन्न भएकाले समस्या सम्बोधनमा स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मेयर पौडेलले ट्राफिक प्रहरी र व्यवसायीहरूसँग छलफल गरेर समस्या समाधान गर्ने आश्वासन दिए ।













Discussion about this post