इटहरी : सुनसरीको कोसी गाउँपालिकामा कारले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२२ च ८४८८ नम्बरको कारले सोही दिशातर्फ गुडिरहेको साइकललाई ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको तत्काल परिचय खुल्न सकेको छैन ।
साइकलको पछाडी सवार अन्दाजी ३४ वर्षीय महिला गम्भीर घाइते भएकी छिन् ।
मृतक पुरुषको उपचारका लागि इनरुवा अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी महिलाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको पनि पहिचान खुल्न सकेको छैन ।
ठक्कर दिने सवारी चालक इलामको इलाम नगरपालिका ७ बस्ने ४५ वर्षीय मधुसुदन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post