खोटाङ : बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
नाताले आफ्नै दाजुकी १२ वर्षीया छोरीलाई सोमबार राति करिब १२ बजेतिर सुतिरहेको अवस्थामा जबरजस्ती करणी गर्ने ३४ वर्षीय पुरुषलाई मंगलबार बिहान ५ बजे घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नेर्पा स्थायी घर भएका पीडकलाई पक्राउपछि पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।
बालिकाको जिल्ला अस्पतालमा उपचारपछि घर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post