झापा : झापाको छुट्टाछुट्टै स्थानमा दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीनजना आरोपीलाई पक्राउ गरेको छ ।
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका ६ बुट्टाबारी बस्ने १४/१४ वर्षका दुईजना किशोरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोही ठाउँस्थित चिया बगानमा बोलाएर ती बालिकालाई आइतबार राति दुवैजनाले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्लाका डीएसपी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
यस्तै, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका १ बस्ने ५९ वर्षीय नरेश रसाइलीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
रसाइलीले ती बालिकालाई बुवा–आमा धान रोप्न गएको अवस्थामा ललाईफकाई आफ्नै घरको कोठाभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाबारे जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post