खोटाङ : खोटाङको बराहपोखरी गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
गत वैशाखको दोस्रो सातातिर जबरजस्ती करणीको प्रयास गरेको आरोपमा उदयपुर चौदण्डीगढी नगरपालिका ९ का ३३ वर्षीय रविन राईलाई प्रहरीले पक्राउ गरेको हो ।
राईलाई उदयपुरको बेल्टारबाट पक्राउ गरी आइतबार जिल्ला प्रहरी कार्यालय ल्याइपुर्याएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।
उनलाई पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post