इटहरी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोसी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने भएको छ।
कोसीमा सरकार बनाउन र टिकाउन हम्मेहम्मे परिरहेको गठबन्धनलाई साथ दिने सर्तमा राप्रपाले संसदीय समितिमा एक जना सभापति पाउने भएको छ।
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाका अनुसार माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिइएको हो।
‘कोसीमा अब राप्रपाले हामीलाई सघाउँछ। राप्रपाबाट त्यहाँ सभामुख बन्नुहुन्छ,’ सापकोटाले भने,‘कोसीमा सघाउने भएपछि हामीले समितिको सभापति उहाँहरूलाई दिने भएका हौं।’
यसअघि पूर्वाधार समिति माओवादीले पाउने समझदारी भएको थियो। माओवादीबाट उक्त समितिको सभापतिमा सापकोटा उम्मेदवार बन्ने तय भएको थियो।
राप्रपाले पूर्वाधार विकास समितिमा मकवानपुरबाट निर्वाचित सांसद दीपक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। प्रमुख सचेतक ज्ञानबहादुर शाहीका अनुसार सिंहलाई सभापति उम्मेदवार बनाउने निर्णय भएको हो ।














Discussion about this post