तरहरा । इटहरी २० तरहरा नजिकै पानीपियामा १ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयको गाडी दुर्घटना भएको छ । ट्राफिक प्रहरी पोष्ट तरहराका अनुसार मुख्यमन्त्री कार्यालयको को १ झ ७२४ नम्बरको स्कारपियो गाडी दुर्घटनामा परेको हो ।
ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार धरान जाँदै गरेको को ७ प ३८७५ नम्बरको मोटरसाईकल र इटहरी तिर आउँदै गरेको मे १० प ३०७३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा धरानबाट आउँदै गरेको सरकारी स्कारपियो एकै ठाउँमा दुर्घटना परेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकलमा सवार तीन जना घाईते भएका छन् । घाईते हुनेमा धनकुटाकाका सचिन राई, दलबहादुर राई र धरानका आशिष श्रेष्ठ रहेका छन् । उनीहरुको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
मोरङमा आठ सय दुई किलो गाँजा बरामद
मोरङ : मोरङको धनपालथान गाउँपालिका १ स्थितबाट प्रहरीले आठ सय दुई किलो एक सय ग्राम गाँजा बरामद गरेको छ ।...
Discussion about this post