विराटनगर : कोसी प्रदेशको मुख्यमन्त्री बनाउन सहयोग गरे राप्रपालाई सभामुख दिने सत्ता गठबन्धनले तयारी गरेको छ ।
सत्ता गठबन्धनको बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सभामुख दिएर राप्रपाको समर्थन लिनेबारे कुराकानी भएको एक नेताले जानकारी दिए ।
सत्ता गठबन्धनले माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको छ ।
तर, कांग्रेसका डा. शेखर कोइराला पक्षले भने एमालेसँग मिलेर केदार कार्कीलाई अघि सार्ने तयारी गरेको जनाइएको छ ।














Discussion about this post