इटहरी : कोसी प्रदेशमा सरकार गठनका लागि निर्णायक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल तटस्थ बस्ने भएको छ ।
पार्टी पदाधिकारी बैठकले तत्काल कुनै पनि पक्षमा नखुल्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
‘कोसीको विकसित राजनीतिलाई लिएर पार्टीले गम्भीर समीक्षा गरेको छ । त्यसले राष्ट्रिय राजनीतिमा पार्न सक्ने सम्बन्धमा पनि मुल्याङ्न भएको छ’, उनले भने, ‘कोसीमा दुवै पक्षले बहुमत दाबी पेस गरेका छन् । त्यसमा राप्रपाले केही गर्नै परेन । हामीले पहिल्यैदेखि एमाले र कांग्रेस मिल्नुपर्ने बताएका थियौं । त्यो अवस्था देखिएको छ । विश्वासको मत लिनेबेला हाम्रो आवश्यकता भयो भने त्यतिबेला सोचौंला ।’
कोसीमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा कांग्रेसका डा. शेखर कोइराला समूहका केदार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्।
उनीहरूमध्ये एकजनालाई आज प्रदेश प्रमुख परशुराम खापुङले कानुनी परामर्श गरी मुख्यमन्त्री नियुक्त गर्नेछन् ।














Discussion about this post