Saturday, September 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीमा अन्तरदेशीय नाटक महोत्सव सुरु, पहिलो दिन भारतीय रङ्गकर्मीको प्रस्तुत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १९, २०८०
in कला साहित्य, टाकुरा विशेष, समाचार
0
इटहरीमा अन्तरदेशीय नाटक महोत्सव सुरु, पहिलो दिन भारतीय रङ्गकर्मीको प्रस्तुत
135
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा तीन दिने अन्तरदेशीय नाटक महोत्सव सुरु भएको छ । आइतबारदेखि इटहरीका किरात राई यायोख्या ‘तायारिप्ची’ भवनमा नाटक महोत्सव सुरु भएको हो ।

कलालय इटहरीको आयोजनामा भएको अन्तरदेशीय नाटक महोत्सवको पहिलो दिन भारतको पश्चिम बंगालका रंगकर्मीहरूले नाटक प्रस्तुत गरेका छन् ।

कृष्णनगर जीवोनेर एकतान, भारतको प्रस्तुतिमा ‘एकटु अगुन दे’ नाटक प्रस्तुत गरियो । जसको अर्थ हो, ‘आगो देऊ’ । शुभ्रा रोयद्वारा निर्देशित नाटक महिलाको आर्तनादको कथा भएकाले सबै कलाकारहरू पनि महिला नै छन् ।

नाटकमा शुभ्रा रोय, तानया दत्त, तनिमा सिंह रोय, मधुपूर्ण बनेर्जी, दीपा विश्वास, सुस्मिता विश्वास, मनिषा विश्वास, रिमा मण्डल, सञ्चिता हल्देर, पूजा देवनाथ, पायल बराइ, सिर्जन पल र ग्रेसी ओराओनले अभिनय गरेका छन् ।

पौराणिक कालदेखि एक्काइसौँ शताब्दीसम्मको इतिहासमा महिलाहरूले भोग्नुपरेको अपमान, दुव्र्यवहार र चरम बेवास्तालाई नाटकमा मिहीन ढंगले प्रस्तुत गरिएको छ । नाटकमा आगोलाई उल्लेख गर्नुको अर्को अर्थ पीडाको आगो पनि भन्ने बुझिन्छ ।

पीडा मात्रै नभएर रोदनको आगो, विरोधको आगो, प्रेमको आगो र न्यानोपनको आगोलाई झल्काउनेगरी नाटक प्रस्तुत गरियो । उक्त नाटक हेरिसकेपछि विभेदविरुद्व, हिंसाविरुद्व, अन्धकारविरुद्व चेतना जगाउने विश्वास लिएको दर्शकहरूले सुनाए ।

नाटक सकिएपछि कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि जसराज किरातीले रंगकर्मीहरूलाई रुद्राक्षको मालासहित सम्मान गरे । निकै बेरसम्म दर्शकदीर्घबाट तालीको आवाज गुञ्जिएको हलले सन्देश दिइरहेको थियो कि, कलाको सीमाना हुँदैन ।

‘अन्तरदेशीय नाटक महोत्सवले एउटा उर्जावान र सकारात्मक सन्देश जाने विश्वास लिएको छु,’ कार्यक्रमका प्रमुख अतिथि किरातीले भने, ‘कला, साहित्य, संगीत भएमात्र आँफू बसेको ठाउँ जीवन्त हुन्छ । यो नाटक महोत्सवले इटहरीलाई जीवन्त राख्ने विश्वास लिएको छु ।’

कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीका अनुसार अब कात्तिक २० गते बिहान ९ बजे ‘कदम थियटर, दमक’ नाट्य समूहले ‘जयमाया आँफू मात्रै लिखापानी आईपुगी’ नाटक प्रस्तुत गर्नेछ । उक्त नाटक जीवन बरालले निर्देशन गरेका छन् ।

सोही दिन साँझ ४ बजे ‘आरोहण गुरुकुल, विराटनगर’ नाट्य समूहले नाटक ‘नेता जी’ प्रस्तुत गर्नेछ । उक्त नाटक भरत कार्कीले निर्देशन गरेका हुन् ।

यस्तै, कात्तिक २१ गते बिहान ९ बजे र साँझ ४ बजे ‘कलालय इटहरी’ले नाटक ‘शत्रु’ प्रस्तुत गर्नेछ । उक्त नाटक भने प्रज्वल पराजुलीले निर्देशन गरेका छन् । यसअघि शुक्रबार र शनिबार सोही नाटक एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजनामा प्रस्तुत गरिएको छ । दुईदिनसम्म चलेको नाटकमा भने ‘हाउसफुल’ भएको छ ।

कलालयकै आयोजनामा कोभिड १९ को संक्रमणअघि पहिलोपटक अन्तरदेशीय नाटक महोत्सवको आयोजना गरिएको थियो । त्यसबेला पनि नेपाल र भारतका एक–एक नाटक मञ्चन गरिएको थियो । प्रत्येक वर्ष नाटक मञ्चन गर्ने योजना रहेपनि कोभिडको संक्रमणका कारण लामो समय कार्यक्रम आयोजना गर्न नसकिएको कलालयका अध्यक्ष जयन्तीले बताए ।

Tags: कलालयटाकुरा विशेषनाटकसोनु जयन्ती
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु
समाचार

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

विराटनगर : कोशी प्रदेशका मोरङ, झापा र सुनसरी जिल्लामा एकैदिन भएका १५ वटा सवारी दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेमध्ये...

नारायण काइँलाेकाे गजल
कला साहित्य

नारायण काइँलाेकाे गजल

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

जस्तो यो शहरमा आउने जाने हजार हुन्छन् दिल भित्रको नगरका आउने जाने हजार हुन्छन्। को को आए वरदान माग्न के...

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३
लक्ष्मण सङ्गमकाे (गजल)

लक्ष्मण सङ्गमकाे (गजल)

अशोज १०, २०८३
आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

अशोज १०, २०८३
श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

अशोज १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

अशोज १०, २०८३
नारायण काइँलाेकाे गजल

नारायण काइँलाेकाे गजल

अशोज १०, २०८३
कोशी टप्पुको वातावरणमा रत्तिइरहेका पुष्पा र अञ्जली

कोशी टप्पुका दुई पोथी गैँडा भालेको खोजीमा

अशोज १०, २०८३
लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.