Monday, August 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

तेह्रथुम : ढाकाका कपडाले पाएनन् बजार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर २७, २०८०
in समाचार
0
तेह्रथुम : ढाकाका कपडाले पाएनन् बजार
105
SHARES
Share on FacebookShare on Twitter

म्याङलुङ (तेह्रथुम) : म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालन पोषण गरिरहनु भएको छ ।

आठ वर्षअघि श्रीमानको मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च धानि रहेकी उहाँको समय हरेक दिन बिहान ५ बजेदेखि राति अबेरसम्म ढाकाको सारीको तानमै बित्ने गर्छ ।

एउटा सारी बुनि सक्न उहाँलाई सातदेखि १० दिन लाग्छ । बाक्लो बुट्टा भएको सारी बुन्न १० दिन र पातलो बुट्टा भएको सारी बुन्न सात दिन लाग्ने गरेको उहाँको भनाइ छ ।

बजारमा एउटा सारीको मूल्य छ हजारदेखि १३ हजारसम्म पर्दछ । सामान्य लेखपढ गरेकी लिम्बूले ढाकाको सारी बुनेरै मासिक २२ हजार नाफा निकाल्ने गरेको बताइन् । “सानो हुँदा पढिएन, अहिले यही सारी बुन्यो यसैले आमा छोराको गुजारा चलिरहेको छ”, लिम्बूले भन्नुभयो ।

उहाँ जस्तै सोही टोलमा डेरा गरी बस्ने ३८ वर्षीया एकल महिला कुमारी राई पनि ढाकाको सारी बुनेरै गुजारा चलाउँदै आउनुभएको छ । सात वर्षयता श्रीमान हराएपछि आठवर्षे छोरोको अभिभारा एक्लै उठाएकी उहाँले ढाकाको सारी बुनेरै कक्षा छोरोको पढाइ खर्च पुर्याउनु भएको छ । डेरा भाडा तिरी मासिक खर्च गरी मासिक रुपमा पाँचदेखि १० हजारसम्म बचत गर्ने गरेको उहाँको भनाइ छ ।

सङ्खुवासभा मादी मूलखर्ककी उहाँले म्याङलुङ आएर नवीन विकास ढाका कपडा उद्योगमा ढाका बुन्न सिक्नुभएको थियो । सुरुमा ढाकाको गलबन्दी ज्यालामा बुन्न सुरु गर्नुभयो ।

त्यतिबेला आफूसँग पैसा नभएकाले ज्यालामै बन्नु परेको उहाँको भनाइ छ । “पछि तानका सामानहरु किनेर ल्याएपछि कोठामा आफैँ बुन्न थालेँ । आफैँले बुन्दा धेरै फाइदा हुने रहेछ”, उहाँले भन्नुभयो ।

मेन्छ्यायेम गाउँपालिका-२ स्थायी घर भई म्याङलुङ क्याम्पस बिएड तेस्रो वर्षमा अध्ययनरत १९ वर्षीया सन्ध्या लिम्बू पनि बिहान क्याम्पस गएर दिउँसोको समयमा ढाकाको गलबन्दी बुन्ने गर्नुहुन्छ । गलबन्दी बुन्ने तान सानो हुने भएकाले कोठाको एक कुनामा सजिलै अट्छ । एक दिनमा एउटा गलबन्दी तयार हुने र यसमा ८०-९० को धागो लाग्ने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार बजारमा एउटा गलबन्दी दुई सयमा बिक्री हुन्छ ।

शिक्षक सेवा आयोगको पनि तयारी गरिरहेकी उहाँले पढेर बचेको समयमा गलबन्दी बुन्ने गरेको र आफूलाई खर्च चलाउन घरमा पैसा माग्नु नपरेको बताउनुहुन्छ ।

उहाँ जस्तै अर्की सोही क्याम्पसमा बिएड दोस्रो वर्षमा अध्ययनरत सोनी लिम्बू पनि स्थानीय रेडियो मेन्छ्यायेममा प्राविधिकको काम गर्दै ढाकाको कोट, मेख्लीको कपडा बुन्ने गर्नुहुन्छ । प्रतिमिटर आठ सयको दरले कोटको कपडा बिक्री गर्ने गरेको र त्यसले आफूलाई खर्च पुगेको उहाँको भनाइ छ ।

म्याङलुङ बजार र आसपासका गाउँका अधिकांशको आयआर्जनको माध्यम बनेको छ ढाका कपडा बुनाइ । ढाकाको राजधानी भनेर चिनिने तेह्रथुमको म्याङलुङ बजारका अधिकांश घर, बजार छेउका तम्फुला, शाब्ला, तुम्बाहाङ्फे गाउँका प्रत्येक घरहरुका कोठा, सिकुवा, बार्दली, आँगनहरुमा ढाकाका तानहरु देखिन्छन् ।

पेसाकै रुपमा होस् या अन्य काम गरेर फुर्सदको समयमा यहाँका अधिकांश महिलाले ढाकाको टाई, टोपी, गलबन्दी, कुर्ता सुरुवाल, लुङ्गी, सारी बुनेर बजारमा बिक्री गर्ने गर्छन् ।

म्याङलुङ बजारको टुँडिखेलमा यसै वर्ष ढाका बुन्दै गरेको महिलाको स्तम्भ निर्माण गरिएको छ । तेह्रथुमका ढाका बुन्नेहरुको सम्मानस्वरुप र तेह्रथुमको ढाकाको पहिचान झल्काउने उद्देश्यले प्रदेश सरकार र म्याङलुङ नगरपालिकाको १० लाखमा स्तम्भ निर्माण गरेको नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले बताउनुभयो ।

तेह्रथुम उद्योग वाणिज्य संघका अध्यक्ष राजीव ढुङ्गानाका अनुसार म्याङलुङबाट वार्षिक एक करोड मूल्य बढीको ढाकाको कपडा जिल्लाबाहिर निर्यात हुने गर्दछ । तेह्रथुमबाट अलैँची, अदुवा र अम्लिसोपछि सबैभन्दा बढी ढाका कपडा जिल्ला बाहिर निर्यात हुने गरेको अध्यक्ष उहाँको भनाइ छ ।

म्याङलुङ नगरपालिका रोजगार संयोजक नवीन खतिवडाका अनुसार नगरपालिकामा अहिले उद्योग र निजी तानमा गरी झण्डै पाँच हजार जनाले ढाका बुन्ने काम गरिरहेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रदीप पौडेलका अनुसार कार्यालयमा अहिले एक सय ५५ वटा ढाका कपडा उद्योग दर्ता भएका छन् भने जिल्लामा नौ ओटा ढाका कपडाका पसल छन् । ढाकाको उत्पादन धेरै हुँदा बजारको समस्या रहेको स्थानीय व्यवसायी भुवन नारायण श्रेष्ठ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पहिला छिमेकी जिल्ला सङ्खुवासभा, ताप्लेजुङ, भोजपुर, इलामलगायत राजधानी काठमाडौँमा ढाकाका धेरै कपडा निर्यात हुन्थ्यो, अहिले ती ठाउँमा पनि उत्पादन हुन थालेपछि माग कम भएको छ ।”

सरकारले प्रत्येक कार्यालय र विद्यालयमा एक दिन मात्रै भए पनि ढाका कपडाको पोशाक अनिवार्य गर्ने हो भने बजारको समस्या नहुने उहाँको भनाइ छ ।

म्याङलुङमा ढाकाको कपडा पसल सञ्चालन गर्दै आउनुभएकी उज्ज्वलता सुब्बा दैनिक २०-२५ हजारको ढाका कपडा बिक्री हुने गरेको बताउनुहुन्छ । उहाँका अनुसार म्याङलुङबजार घुम्न आउने पर्यटक, पाहुनाहरु हुन् वा जिल्लाका कर्मचारी जिल्लाबाहिर जाँदा कोसेलीका रुपमा ढाका कपडा किनेर लैजाने गर्दछन् ।

थोरै लगानीमा गर्न सकिने यस पेसाले स्थानीयस्तरमा रोजगारीको सिर्जना गरेको भएपनि बजारको अभावमा विस्तारै व्यवसायीहरु निराश देखिन्छन् । गाउँ-गाउँबाट स्थानीयस्तरमा हातले बुनेको ढाका कपडालाई विदेशी कपडाले प्रत्यक्ष प्रभाव पारेको छ ।

Tags: #तेह्रथुम#राससव्यवसाय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)
FEATURE BREAKING

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

by टाकुरा न्यूज । इटहरी
साउन १८, २०८३
0

इटहरी : इलामको सूर्योदय नगरपालिका अन्तर्गत पर्ने पशुपतिनगर, थुम्केरानी र चोयाटार क्षेत्र पूर्वी नेपालको उत्कृष्ट चरा पर्यटन गन्तव्यका रूपमा विकास...

इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने फोटो पत्रकार विशप ताम्राकारको निधन
विविध

इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने फोटो पत्रकार विशप ताम्राकारको निधन

by टाकुरा न्यूज । इटहरी
साउन १८, २०८३
0

इटहरी : नेपाली फोटो पत्रकारिता क्षेत्रका चर्चित फोटो पत्रकार विशप ताम्राकारको ४७ वर्षको उमेरमा निधन भएको छ। इटहरीमा डिजिटल फोटोग्राफी...

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

साउन १७, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरीका चार वटा पालिकामा सोमबार बिहानसम्म निषेधाज्ञा

साउन १७, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा मानव–हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको मृत्यु, २८ हात्ती मृत भेटिए

साउन १७, २०८३
सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

साउन १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

साउन १८, २०८३
इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने फोटो पत्रकार विशप ताम्राकारको निधन

इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने फोटो पत्रकार विशप ताम्राकारको निधन

साउन १८, २०८३
सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

साउन १७, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरीका चार वटा पालिकामा सोमबार बिहानसम्म निषेधाज्ञा

साउन १७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन