Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झापामा पाँच हजार आठ सय ४० हेक्टरमा तोरीखेती

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १२, २०८०
in विविध, समाचार
0
झापामा पाँच हजार आठ सय ४० हेक्टरमा तोरीखेती
102
SHARES
Share on FacebookShare on Twitter

बनियानी (झापा) : झापामा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।

सरकारी प्रोत्साहनसँगै उत्पादनको उचित मूल्य प्राप्त भएपछि यहाँका किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् । तोरीखेतीलाई प्रवर्द्धन एवम् प्रोत्साहन गर्न स्थानीय तहले अनुदान दिइरहेका छन् भने सङ्घीय सरकारबाट सशर्त अनुदान आएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।

सङ्घीय सरकारबाट तोरीखेती प्रवर्द्धनका लागि झापाको बुद्धशान्ति गाउँपालिकामा २० लाख र मेचीनगर नगरपालिकामा ३० लाख आएको उहाँले बताउनुभयो । “स्थानीय तहहरूले समेत आ-आफ्नो क्षमताअनुसार किसानलाई प्रोत्साहित गरिरहेका छन्”, उहाँले भन्नुभयो, “जसले गर्दा जिल्लामा तेलहन बालीतर्फ किसान आकर्षित भइरहेका छन् ।” झापामा तोरीखेतीको क्षेत्रफल बढोत्तरी हुँदै गएको छ ।

गत वर्ष पाँच हजार पाँच सय ८० हेक्टरमा तोरीखेती गरिएकामा यस वर्ष पाँच हजार आठ सय ४० हेक्टरमा तोरीखेती गरिएको छ । गत वर्ष झापामा छ हजार सात सय ३० मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

यस वर्ष उत्पादन वृद्धि हुने आकलन गरिएको छ । यस वर्ष झापाको हल्दिबारीमा सबैभन्दा बढी तोरीखेती गरिएको छ । त्यस्तै भद्रपुर, कचनकवल, दमक, मेचीनगर, बुद्धशान्तिलगायतका पालिकामा समेत उल्लेख्य मात्रामा तोरीखेती गरिएको छ ।

गत वर्षको सुरुआतमै रु पाँच हजार चार सयमा प्रतिमन (४० किलो) बिक्री भएको तोरी यस वर्ष करिब छ हजारको हाराहारीमा पुग्ने अनुमान छ । उत्पादित तोरीको मूल्य उच्च हुनुका साथै अनुदानसमेत पाइने भएपछि किसान तोरीखेतीप्रति आकर्षित भएका हुन् ।

स्थानीय तहको प्रोत्साहन

भद्रपुर नगरपालिकाले तेलहन उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ तोरीखेतीमा अनुदान कार्यक्रम लागू गरेपछि यस वर्ष यहाँका किसानले पाँच सय ३३ हेक्टरमा तोरीखेती गरेका छन् । गत वर्ष भद्रपुरमा दुई सय हेक्टरमा तोरीखेती गरिएको थियो ।

नगरभरिका आठ सय ८९ किसानले पाँच सय ३३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरेको विवरणसहित अनुदानका लागि आवेदन दिएको नगरपालिकाका कृषि शाखा प्रमुख सुमन बिमलीले जानकारी दिनुभयो ।

तोरीखेती प्रवर्द्धनका लागि नगरपालिकाले न्यूनतम १० कठ्ठा खेती गर्ने किसानलाई प्रतिकठ्ठा छ सय अनुदान दिने गरेको उहाँले बताउनुभयो । गत वर्ष नगरपालिकाले तोरीखेती गर्ने किसानलाई रु २३ लाख अनुदान उपलब्ध गराएको थियो ।

Tags: #कृषि#झापा#राससआकर्षण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु
समाचार

चट्याङ लागेर युवाको ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा शनिबार दिउँसो चट्याङमा लागेर एक जना युवाको ज्यान गएको छ ।...

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यी राशिलाई आज भाग्यले साथ दिने (आजको राशिफल)

भदौ २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    344 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    312 shares
    Share 125 Tweet 78
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    242 shares
    Share 97 Tweet 61

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.