इटहरी : सुनसरीमा लगाइएको कर्फ्यु निष्क्रिय भएको छ ।
जिल्लाको हरिनगरा, कोशी, देवानगन्ज, भोक्राहा–नर्सिङ गाउँपालिका र इनरुवा नगरपालिकामा लागाइएको कर्फ्यु हटाइएको सुनसरीका प्रमुख जिल्ला अधिकार जयनारायण आचार्यले जानकारी दिए ।
केही दिनअघि हरिनगरा गाउँपालिकामा एक समूहले स्थानीय जीवन मेहतालाई कुटपिट गरेपछि घटनाले उग्ररुप लिएको थियो ।
घटनाले उग्ररुप लिएपछि दुई समूहबीच झडप पनि भएको थियो । प्रहरीले झडपलाई नियन्त्रणमा लिन हवाईफायर समेत बनेको थियो । त्यससँगै उक्त क्षेत्रमा सुनसरी प्रशासनले कर्फ्यु लगाएको थियो ।
अहिले कर्फ्यु निष्क्रिय पारेको प्रजिअ आचार्यले बताए ।
कुटपिटमा संलग्ननविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको र अन्यलाई पक्राउ पुर्जीको अनुमति लिएको सुनसरी प्रहरीले जनाएको छ ।
दुई समूहआबीच भएको कुटपिटका कारण सामाजिक सद्भाव भड्किन नदिन प्रशासनले कर्फ्यु लगाइएको थियो।













Discussion about this post