Sunday, June 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

पार्किङस्थल नै नभएको इटहरीमा बाटै छेकेर उठाइन्छ पार्किङ शुल्क !

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ७, २०८१
in टाकुरा विशेष, समाचार
0

मुख्य राजमार्गमै गुडिरहेको सवारीलाई बाटो छेकेर शुल्क असुल्दै । फाइल तस्बिर ।

352
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी चौरास्तको सहर हो, सधैँ व्यस्त रहन्छ । अहिले त विराटनगरको रानीदेखि धरानको तीनकुनेसम्म ६ लेन सडक लगभग निर्माण भइसकेको छ । केही स्थानमा सडक निर्माणको काम बाँकी छ ।

६ लेन सडकमै पनि इटहरीको सडक साँघुरोजस्तो लाग्छ । पूर्व–पश्चिम राजमार्गमा पनि पछिल्लो समय चार लेन सडक निर्माण गर्ने तयारीसाथ रूख कटानको काम लगभग सकिएको छ भने सडक निर्माणसमेत सुरु भइसकेको छ ।

सडक विस्तार भइरहेपनि यहाँको व्यस्तताले सडक सधैँजसो साँघुरो लाग्छ । पूर्व जानेहरू, पश्चिम जानेहरू, पहाडी क्षेत्र जानेहरू र औद्योगिक क्षेत्रतर्फ जानेहरू सबै इटहरीकै बाटो प्रयोग गर्छन् । यसको विकल्प पनि छैन ।

त्यसैले इटहरीलाई चौरास्तको सहर भनिन्छ । त्यसो त गर्मीयाममा भारतबाट पूर्वी पहाडी जिल्लामा भ्रमणमा आउने बाह्य पर्यटकहरूबीच बाटोमै कोही ‘अमुक’ व्यक्तिले गाडी रोक्दा आश्चर्यचकित मात्रै हुँदैनन्, आजित पनि बन्छन् ।

तर, इटहरी प्रवेश गर्नका लागि गुडिरहेका गाडीहरूलाई बाटै छेक्न तल्लिन हुन्छन्, केही युवाहरू । लाग्छ कि, उनीहरू गुडिरहेको गाडीभन्दा द्रूत कुदिरहेछन्, बाटो छेक्न । मुख्य राजमार्गको बीचमै उनीहरू गाडीलाई बाटो छेकेर पैसा असुलिरहेको भेटिन्छन् ।

यसले दुर्घटनाको जोखिम त छदैँछ, गुडिरहेको गाडीलाई पार्किङ शुल्क लिन पाइन्छ ?भन्ने प्रश्नचिह्न पनि खडा हुन्छ ।

गुडिरहेको गाडीलाई पार्किङ शुल्कको नाममा दादागिरी शैलीमा ‘रबैया’ देखाइरहेका हुन्छन् । यसबारे इटहरी सरकार र सम्बन्धित निकाय मूकदर्शक बनेको छ । मूकदर्शक बन्नुको पनि कारण छ ।

इटहरी उपमहानगरपालिकाले नै चालू आर्थिक वर्षमा पार्किङ शुल्कको ठेक्का लगाएको रहेछ । एक करोड ५२ लाखमा ठेक्का लगाएपछि ठेकदार कम्पनीले गुडिरहेका गाडीलाई बाटै छेकेर पार्किङ शुल्क उठाइरहेको छ ।

पार्किङको ठेक्का पाएको छ, नमुना कन्ट्रक्सन बराहक्षेत्र ५, सुनसरीले ।

यसबाट दैनिक हिँड्ने यात्रुहरू भने आजित बनेका छन् । यही बाटो भएर दैनिक यात्रा गर्ने यात्रु सुरेश सुवेदी भन्छन्, ‘मोटरसाइकलले आफ्नो लेन समातेर हिँड्ने हो भनेपनि अगाडि बाटो छेकिरहेका मानिसका कारण दुर्घटनम हुने अधिक जोखिम छ ।’

ट्राफिक प्रहरीलेसमेत बाटै छेक्न नपाउने भएपनि यसरी बाटै छेकेर पैसा असुल्दा यात्रुहरूलाई समस्या हुने उनी बताउँछन् ।

‘पालिकाले कर लिनु न्याय संगत छ भने ठीक छ, तर बोर्ड वा ढाट राखेर व्यवस्थित रूपमा उठाउने हो कि बाटै ढाक्न आइपुग्ने ?,’ सुवेदी भन्छन्, ‘यो कर उठाउनु भनेको बाटो बिग्रिदाँ पालिकाले बनाउँछु भन्ने हो जस्तो लाग्छ । तर, मुख्य राजमार्गमै बाटै छेकेर यसरी पैसा लिइनुले दुर्घटनाको जोखिम बढेको छ ।’

पालिकाले कर लिएपनि सम्बन्धित ठेकदार पक्षले ढाट निर्माण गरी गाडीलाई सडकको साइटमा रोक्नुपर्ने भएपनि बीच बाटोमै यसरी पैसा असुल्नु अस्वभाविक रहेको उनको तर्क छ ।

उक्त पैसा उठाउनु भनेको पालिकाले आफ्ना कार्यकर्तालाई जागिर खुवाउन, दलका कार्यकर्तालाई संरक्षण गर्न अथवा ठेकेदार कम्पनीले आफू निकटकालाई पक्षपोषण गर्नका निम्ति मात्रै रहेको उनको भनाइ छ । त्यो पैसा तिरेबापत सडकमा यात्रा गर्नेका निम्ति कुनै सुरक्षा नभएको उनले बताए ।

खासगरी विराटनगर लाइन, पश्चिम लाइन, पूर्व लाइन र भित्री बाटाहरूमासमेत यसरी पैसा असुल गरिरहेको पाइन्छ । बाटामा हिँड्ने चारपाङ्ग्रे सवारीसाधन र तीन पाङ्ग्रे ई–रिक्सालाई बाटै छेकेर पैसा असुल्ने गरेको पाइएको छ ।

यात्रु जयन्ती गौतमले सबै गाडीले पालिका नै पिच्छे पैसा तिर्नुपर्ने के कारण भन्ने आफूले नबुझेको बताउँछिन् । ‘तीन वा चार पाङ्ग्रे सवारी साधनलाई पैसा लिइरहँदा दुई पाङ्ग्रे सवारी साधन लड्नसक्ने सम्भावना ज्यादै हुन्छ,’ उनले भनिन्, ‘यसबारे नियामक निकाय मूकदर्शक बनेको छ ।’

पश्चिम लाइन वा विराटनगर लाइनमा पैसा उठाउन बसेका केही मान्छेहरू हतार–हतार कुद्दै सडक बीचमै गाडीको बाटो छेक्न पुग्नुले सर्वसाधारणलाईसमेत यात्रा गर्न सकस भएको उनी बताउँछिन् ।

यता, पार्किङको ठेक्का पाएको कम्पनीनमुना कन्ट्रक्सन बराहक्षेत्र ५ का सञ्चालक जीवन राईले भने पालिकासँग पार्किङ, पूर्वाधार र सरसफाईका लागि भनेर कर उठाइनेसम्झौता भएको बताए । उनका अनुसार इटहरीका २० वटै वडाको पूर्वाधार, सरसफाई र पार्किङका लागि भनेर कर उठाइएको बताए ।

‘हामी त एउटा माध्यम मात्रै भइदिएको हो । २० वटै वडाका लागि कर उठाइएको हो,’ उनले भने, ‘सम्झौताअनुसार कारलाई पनि शुल्क लिनुपर्ने हो । तर, हामीले प्राइभेटबाहेक अरु गाडीहरूलाई चैँ रसिद काटेर शुल्क लिदैँ आएका छौँ ।’

उनले आफूहरूले पालिकासँग सम्झौता गर्न प्राइभेट गाडीलाईसमेत लिने भएपनि सार्वजनिक गाडी र सामान बोकेका गाडीहरूलाई शुल्क लिने गरेको बताए । राईका अनुसार इटहरीको विराटनगर लाइन, धरान लाइन, पूर्व लाइन, पश्चिम लाइन, बसपार्कलगायतका क्षेत्रमा पैसा उठाइने गरेको छ ।

सर्वसाधारणहरूले भने गुडिरहेको गाडीलाई पार्किङ शुल्क लिएर इटहरी उपमहानगरले ज्यादति गरेको बताउँदै आएका छन् ।

यता, इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलले भने पार्किङको नाममा ठेक्का लगाउनु नै गलत भएको स्वीकार गरे । ‘यो खासगरी राजस्व शाखालेठेक्का लगाएको हो । पालिकाको क्षेत्राधिकारभित्रै नपर्ने कुरा ठेक्का लगाउनु नै गलत भयो,’ उनले भने, ‘जबरजस्ती बाटै छेकेर पैसा उठाइरहेको हामीले पनि देखेका छौँ, यो गलत हो ।’

उनले बाटै छेकेर पैसा नउठाउनसमेत आफूहरूले सचेत गराएको बताए । आगामी आर्थिक वर्षदेखि भने यसरी पार्किङको नाममा सडकमा पैसा उठाउने तवरले ठेक्का नलगाउने उनले बताए । थपे, ‘योबारे धेरैतिरबाट गुनासो आएकाले आगामी वर्षदेखि ठेक्का नलगाउने भन्ने कुरा भइरहेको छ ।’

उपमहानगर राजस्व शाखा प्रमुख सन्तोष ढकालले बाटै छेकेर जुन किसिमले पैसा उठाएको छ, त्यसरी लिन नपाइने बताए । ‘त्यसरी पैसा उठाउन पाइदैँन, तयसैले हामीले कम्पनीलाई चिठी पनि काटेका छौँँ,’ उनले भने, ‘यो विषयमा धेरै इस्यु आएको छ ।’

उनले कम्पनीलाई फोनमार्फत सम्पर्क गर्ने प्रयास गरेपनि सम्पर्कमा नआएपछि चिठी नै काटिएको दाबी गरे । ‘हाम्रो सम्पर्कमा नआएपछि नगर प्रहरीलाई पनि अनुगमनका लागि हामीले खटाएका छौँ,’ उनले भने ।

भिडियो

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाटाकुरा विशेषपार्किङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै
FEATURE BREAKING

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

विराटनगर : नेपाली कांग्रेसको संस्थापन इतर पक्षल आइतबार विराटनगरमा भेला गर्ने भएको छ । पार्टीभित्र दबाब सिर्जना गर्ने र विशेष...

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण
FEATURE BREAKING

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ।...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

जेष्ठ ३०, २०८३
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

जेष्ठ ३०, २०८३
धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.