Wednesday, June 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुर : व्यावसायिक कृषिमा आकर्षित हुँदै कोदारका किसान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २७, २०८१
in विविध, समाचार
0
भोजपुर : व्यावसायिक कृषिमा आकर्षित हुँदै कोदारका किसान
84
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुर नगरपालिका–७ वडा कार्यालय कोदारले किसानका लागि ‘प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेपछि यहाँका किसान व्यावसायिक कृषिमा आकर्षित हुँदै गएका छन् ।

पराम्परागत खेती गरिरहेका किसानलाई वडा कार्यालयले अनुदानसँगै प्राविधिक सहयोगका तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन् ।

वडाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै व्यावसायिक खेती गर्न थालेको ललिता केसीले बताउनुभयो । कार्यक्रमअन्तर्गत अनुदानमा बीउ वितरण, परामर्श, आवश्यक प्राविधिक सहयोग हुँदै आएको भन्दै पछिल्लो समय खेती विस्तारमा सहज भएको उहाँको भनाइ छ ।

“वडाको सहयोगले व्यावसायिक तरकारी खेतीमा लाग्न प्रोत्साहन मिलेको छ”, केसीले भन्नुभयो, “तरकारीसँगै नगदेबाली उत्पादन गरेर मनग्ये आम्दानी भइरहेको छ । उत्पादित सामग्री भोजपुर बजारमा लगेर बिक्री वितरण गर्ने गरेका छौँ ।”

विगतमा परम्परागतरुपमा खेती गर्दा आम्दानी कम हुने गरेको जनाउँदै उहाँले अनुदान, बीउ तथा प्राविधिक सहयोग पाएपछि थप सहजता भएको बताउनुभयो ।

आधुनिक प्रविधिको प्रयोग गरी खेती गर्दा प्रशस्त उत्पादन हुने गरेको किसान केसीले अनुभव सुनाउनुभयो ।

“खेती गर्छु भनेर मात्र नहुँदो रहेछ । कृषिसम्बन्धी सीप र ज्ञान भएमा तरकारी खेतीबाट मनग्ये आम्दानी लिन सकिन्छ”, उहाँले भन्नुभयो, “रोग, किरा, उन्नत जातको बीउलगायत विषयमा वडाबाट आवश्यक प्राविधिक सहयोग पाइरहेका छौँ ।”

तरकारी  खेतीका लागि अनुदानमा प्लास्टिक टनेल वितरणसँगै उन्नत जातको बीउसमेत पाएपछि सहज भएको किसान रामकुमार नेपालीले बताउनुभयो । वडा र नगरको सहयोगमा करिब रु तीन लाख बराबरको टनेल पाएकाले अहिले व्यावसायिक रुपमा टमाटर खेती गरिरहेको उहाँले जानकारी दिनुभयो ।

वडाभित्रका किसानको पहिचान गरेर उनीहरुलाई व्यावसायिक बनाउने उद्देश्यले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । कोदार क्षेत्र भौगोलिक रुपमा उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष जयबहादुर तामाङले बताउनुभयो । व्यावसायिक खेतीका लागि माटो सुहाँउदो बाली लगाउन प्रोत्साहन गरिने उहाँले उल्लेख गर्नुभयो ।

बजार क्षेत्रबाट नजिकको स्थान कोदार रहेकाले तरकारी तथा नगदेबालीमा नमूना बनाउने योजनाका साथ काम गरिररहेको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।

“कोदार क्षेत्र तरकारी खेतीका लागि उर्वर भूमि मानिन्छ । यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा खपत हुने अवस्था छ”, उहाँले भन्नुभयो, “किसानलाई व्यावसायिक उत्पादनसँग जोडेर आयस्तरमा वृद्धि गर्ने सोचका साथ कृषिमा लगानी गरिरहेका छौँ ।”

वडा कार्यालयले आवश्यक सहयोग गरेसँगै व्यावसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दै गएको वडाध्यक्ष तामाङले बताउनुभयो । “यहाँका अधिकांश किसानले तरकारी खेती गर्नुहुन्छ तर वडाको अनुदान लिएर ३५ जना किसानले व्यावसायिक खेती गरिरहनुभएको छ”, उहाँले भन्नुभयो ।

केही समयमा अघि आएको हुरीले किसानले लगाएको टनेलमा क्षति पुगेकाले अनुगमन गरेर आगामी आर्थिक वर्षमा सहयोग गरिने वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । यहाँका एक सयभन्दा बढी किसानलाई टनेलका साथै विभिन्न तालिम, सिँचाइका लागि पाइप, उन्नत जातको बीउलगायत सामग्री वितरण गर्दै आइएको उहाँको भनाइ छ ।

“हामीले यहाँको माटो अनुसारको बालीमा जोड दिएका छौँ । किसानको आवश्यकताका आधारमा सहयोग गरिरहेका छौँ”, वडाध्यक्ष तामाङले भन्नुभयो, “वडाले गरेको कामको प्रतिफल पनि आइरहेको छ ।

अहिले व्यावसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दै गएको पाएका छौँ ।” उत्पादित कृषि उपजको बजारीकरणमासमेत वडाले सहयोग गर्ने उहाँले बताउनुभयो । सीमित बजेट हुँदा पनि स्थानीयको आवश्यकताअनुसार पूर्वाधार विकासका क्षेत्रमा योजनाबद्ध काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

Tags: #कृषि#भोजपुर#रासस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम
विविध

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

विराटनगर : कोशी प्रदेशका पर्यटकीय क्षेत्रको सुरक्षा तथा पर्यटकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको सातदिने ‘पर्यटक प्रहरी...

चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु
समाचार

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

झापा : झापाको गौरीगञ्जमा मङ्गलबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ निवासी ३० वर्षीय...

गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

१० महिनापछि काँकरभिट्टा नाकामा ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालन

असार ९, २०८३

जेनजी आन्दोलनमा कारागारबाट फरार युवक इटहरीमा ब्राउनसुगरसहित पक्राउ

असार ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

असार ९, २०८३
चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

असार ९, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    370 shares
    Share 148 Tweet 93
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.