Tuesday, April 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

उवासंघ इटहरीको साधारणसभा सम्पन्न, महासंघका केन्द्रीय अध्यक्ष ढकालले भने, ‘निजी क्षेत्रको आर्थिक अवस्था सुधारोन्मुख’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ८, २०८१
in विविध, समाचार
0
उवासंघ इटहरीको साधारणसभा सम्पन्न, महासंघका केन्द्रीय अध्यक्ष ढकालले भने, ‘निजी क्षेत्रको आर्थिक अवस्था सुधारोन्मुख’
105
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति नल्याउँदा उद्योग व्यवसाय धरासायी बन्दै गएको व्यवसायीहरुले बताएका छन् ।

उनीहरूले विगतमा युवा पुस्ता विदेशिए पनि अब भने उद्योगी व्यवसायी नै विदेशिन थालेकोमा चिन्ता व्यक्त गरे ।

उद्योग वाणिज्य संघ इटहरीको २५ औं साधारणसभाका क्रममा शनिबार नेपाल उद्योग वाणिज्य महासंघ महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले सरकारले उद्योगी व्यवसायीका निम्ति लगानी गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

उनले संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममा उद्योगी व्यवसायीको हितमै भएतापनि कार्यान्वयन पक्षमा शंका गर्ने अवस्था रहेको बताए ।

‘निजी क्षेत्रको आर्थिक अवस्था सुधारोन्मुख रहेपनि अझै अफ्ट्यारो अवस्था छ,’ उनले भने, ‘बजेटमा केही बुँदा व्यवसायीको पक्षमा सम्बोधन भएपनि कार्यान्वयनको पक्ष हुनेमा शंका छ ।’

उनले निजी क्षेत्रले लगानीको वातावरण बनाउन राज्यले अझै काम गर्न नसकिरहेको बताए । पछिल्लो समय महासंघको विधानको विषयमा कुरा उठिरहेकाले पुसअघि नै विधान परिवर्तन हुनेसमेत उनको भनाइ छ ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले सरकारले निजी क्षेत्रमाथि गर्ने माया प्रतिविम्ब नगरेमा शक्ति देखाउनुपर्ने आवश्यकता रहेको बताए । ‘यदि सरकारले निजी क्षेत्रलाई माया गर्दैन भने आफ्नो अधिकार खोज्न शक्ति देखाउनुपर्ने हुन्छ, विगतमा पनि थुप्रैपटक प्रदर्शन गरेर आफ्नो अधिकार सुनिश्चित गरिएको थियो ।’

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्योगी व्यवसायीले स्वच्छ किसिमको व्यापार गर्न चाहदा पनि सरकारी निकायले त्यस किसिमको वातावरण नबनाएको गुनासो गरे ।

‘उद्योगी व्यवसायीलाई तल पारेर नीति नियम बनाउनेहरुले दण्ड जरिवानाको व्यवस्था गर्ने गरिएको छ,’ उनले भने, ‘सरकारले स्पस्ट नीति नियम दिनुपर्छ ।’

यस्तै, केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले कृषि, उत्पादन, पर्यटन, साना तथा मझौला उद्योगका लागि सरकारले अनुदान दिएर प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

‘अहिलेको अवस्थामा उद्योग व्यापार चलायमान छैन,’ उनले भने, ‘यस्तो अवस्थामा सरकारले सहजीकरण गर्नुपर्छ ।’ उनले अहिले त उद्योगी व्यवसायी नै विदेशिन थालेकाले गर्दा आर्थिक रुपमा संरचनागत सुधार हुनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्र यतिबेला हतोत्साहित भएकाले गर्दा बैंक पनि सहज ढंगले ऋण प्रवाह नगर्दा पुरै संकटमा गुज्रेको बताए । ‘कोशी प्रदेश उद्योगको हब रहेको भएपनि पूर्वाधार विकासमा सरकार उदासीन रहेको छ,’ उनले भने ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले उद्यमशील हुन चुनौती रहेको बताए । उनले निजी क्षेत्रमा पनि बेथिति रहेको र निजी क्षेत्र सुध्रिएमा सरकारसमेत सुध्रने जिकिर गरे । उनले भने, ‘उपभोक्ताको हितका निम्ति निजी क्षेत्रले काम गर्न आवश्यक रहेको छ ।’

सोही क्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान गरिएको थियो । जसमा कृषक अम्बिका कोइराला, व्यवसायी चेतबहादुर कार्की, मञ्चित श्रेष्ठ, नारायण राठी, राधेश्याम साह र सुशीला अधिकारीलाई सम्मान गरियो ।

यस्तै, इटहरी क्षेत्रमा सवैभन्दा बढी कर तिर्ने विश्व आदर्श कलेजलाई सम्मान गरिएको थियो । यसैगरी पत्रकारिता क्षेत्रमा योगदान पु¥याएकोमा विवेक विवश रेग्मीलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले संस्थाले गरेका कार्यहरू प्रस्तुत गरेका थिए ।

उनले विभिन्न रचनात्मक काम गरेको र आगामी दिनमासमेत व्यवसायीको हितमा काम गर्ने बताए ।

उवासंघ इटहरीका वरिष्ठ उपाध्यक्ष पीताम्बर पोखरेलको संयोजकत्वमा सम्पन्न कार्यक्रम महासचिव विनोद पौडेलले सञ्चालन गरेका थिए ।

Tags: #उवासंघजीवन पराजुलीव्यवसाय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा लाटोकोसेरोको समूह
पर्यावरण

सुनसरीमा लाटोकोसेरोको समूह

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

सुनसरीको इनरुवा नगरपालिका–४ मा आँपको रूखको हाँगामा बसेको कोचलगाँडे लाटोकोसेरोको समूह । मानव बस्ती नजिक तथा र कृषि क्षेत्रहरूमा देखिने...

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय
FEATURE BREAKING

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

इटहरी : पछिल्लो समय मोबाइल फोनहरूमा अपरिचित व्यक्तिबाट म्यासेज गरी लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको छ। खासगरी लटरी...

इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

बैशाख १४, २०८३
भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

बैशाख १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा लाटोकोसेरोको समूह

सुनसरीमा लाटोकोसेरोको समूह

बैशाख १४, २०८३
लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

बैशाख १४, २०८३
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1454 shares
    Share 582 Tweet 364
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    643 shares
    Share 257 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    378 shares
    Share 151 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.