Tuesday, April 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विराटनगरमा रात्रिकालीन व्यावसाय व्यवस्थित र मर्यादित बनाउन महानगर अग्रसर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ४, २०८१
in समाचार
0
विराटनगरमा रात्रिकालीन व्यावसाय व्यवस्थित र मर्यादित बनाउन महानगर अग्रसर
86
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाले यहाँ सञ्चालित गीत गजल तथा दोहोरी साँझलाई व्यवस्थित गर्ने विषयमा सम्बन्धित व्यवसायीहरूसँग छलफल गरेको छ ।

दोहोरी साँझ र गीत गजल व्यवसायका कारण ध्वनि प्रदूषण र होहल्ला भएको भन्दै गुनासो आएपछि महानगरले व्यवसायीहरूलाई बोलाएर व्यवस्थित गर्न निर्देशन दिएको छ ।

महानगरका मेयर नागेश कोइरालाले तीन दिनभित्र ध्वनि प्रदूषण कम गर्न निर्देशन दिएका हुन् । उनले ध्वनि प्रदूषण र हो–हल्लाले राति सुत्न, विद्यार्थीलाई अध्ययन गर्नसमेत बाधा पुगेको भन्दै महानगरका विभिन्न स्थानबाट भिडियोसहितको गुनासो आएको जानकारी दिए ।

विराटनगरमा सञ्चालित आधाभन्दा बढीले अझै पनि ध्वनि प्रदूषण कम गर्ने विधि नपनाएको पाइएको छ ।

उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, राजस्व महाशाखा प्रमुख सरोज गौतम, सरसफाई शाखा प्रमुख पुनम दाहाललगायतको उपस्थितिमा भएको भेलाले महानगर प्रहरीका निरीक्षक राजन पौडेलको संयोजकत्वमा गीत गजल र दोहोरी साँझलाई व्यवस्थित बनाउन समितिसमेत गठन गरेको छ ।

समितिमा होटल तथा पेयपदार्थ संघअन्तर्गतको रात्रिकालीन होटल व्यवसाय समन्वय समितिका अध्यक्ष सुरज श्रेष्ठ, महानगरको राजस्व महाशाखाका वासुदेव भण्डारी, नासाकु गीतगजलकी सञ्चालिका वविता चौधरी र श्रीराम गीत गजलका सञ्चालक नारायण तिम्सिना सदस्य छन् ।

समितिले ध्वनि प्रदूषण र पार्किङको अवस्था, राजस्व तिरे नतिरेको, सरसफाई कार्ड बनाए नबनाएको लगायतका विषयमा अनगुमन गर्नेछ ।

मेयर कोइरालाकै पहलमा बसेको प्रमुख जिल्ला अधिकारी, मोरङका प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुखलगायत सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

व्यवसायीकै आग्रहअनुसार रात्रिकालीन व्यावसाय सञ्चालन गर्न दिने निर्णय भए व्यवसायीहरूले निर्णय कार्यान्वयन नगरेको मेयर कोइरालाको भनाइ थियो ।

सोही निर्णयपछि राति ९ बजेसम्म सञ्चालन हुँदै आएका होटल व्यवसाय, गीत गजल रेष्टुरेन्ट, दोहोरी साँझ हाल १२ बजेसम्म सञ्चालन हुँदै आएका छन् ।

रात्रिकालीन व्यावसाय सञ्चालन गर्दा ध्वनि प्रदूषण, हो–हल्ला र अमर्यादित गतिविधि हुन नदिनेलगायतमा व्यवसायीहरूले नै सहमति जनाएका थिए ।

मेयर कोइरालाले व्यवसायीहरूले विगतमा गरेको सहमति एक वर्ष बितिसक्दा पनि कार्यान्वयन नहुनु दुःखद् भएको प्रतिक्रिया दिए  ।

‘अब पनि सहमति कार्यान्वयन नभए पूर्वतः अवस्थाकै राति ९ बजेसम्म मात्रै सञ्चालन हुनेगरी अर्को निर्णय हुनसक्छ,’ मेयर कोइरालाले भने, ‘कम्तिमा व्यवसाय गर्दा अरूलाई बाधा त पुग्नु भएन नि ?’

Tags: #विराटनगरविराटनगर महानगरपालिकाव्यवसाय
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा लाटोकोसेरोको समूह
पर्यावरण

सुनसरीमा लाटोकोसेरोको समूह

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

सुनसरीको इनरुवा नगरपालिका–४ मा आँपको रूखको हाँगामा बसेको कोचलगाँडे लाटोकोसेरोको समूह । मानव बस्ती नजिक तथा र कृषि क्षेत्रहरूमा देखिने...

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय
FEATURE BREAKING

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

इटहरी : पछिल्लो समय मोबाइल फोनहरूमा अपरिचित व्यक्तिबाट म्यासेज गरी लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको छ। खासगरी लटरी...

इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

बैशाख १४, २०८३
भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

बैशाख १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा लाटोकोसेरोको समूह

सुनसरीमा लाटोकोसेरोको समूह

बैशाख १४, २०८३
लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

बैशाख १४, २०८३
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1454 shares
    Share 582 Tweet 364
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    643 shares
    Share 257 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    378 shares
    Share 151 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.