इटहरी : आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदैँछ । प्रत्येक वर्ष मे ३ मा संसारभर यो दिवस मनाउने गरिन्छ ।
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको हो ।
सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो ।
घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिवद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो ।
त्यसयता विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।
विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइन्छ । दिवसका अवसरमा नेपाल पत्रकार महासंघले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा तथा पेसागत सुरक्षाको वकालत गर्ने गरिन्छ ।
Discussion about this post