Tuesday, June 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इटहरीमा ३१औँ विश्व आदिवासी दिवसको तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २२, २०८२
in विविध, समाचार
0
इटहरीमा ३१औँ विश्व आदिवासी दिवसको तयारी
87
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपालसहित विश्वभरका आदिवासी जनजातिहरूको अधिकार, पहिचान, संस्कृति र अस्तित्वको संरक्षण, प्रवर्द्धन तथा सुनिश्चितताका लागि प्रत्येक वर्ष मनाइँदै आएको विश्व आदिवासी दिवसको ३१औँ संस्करण यस वर्ष पनि इटहरीमा मनाइने भएको छ।

नेपाल आदिवासी जनजाति महासंघ, इटहरी उपमहानगर समन्वय परिषद्को आयोजनामा साउन २४ गते शनिबार साँस्कृतिक कार्यक्रम, झाँकी, ¥यालीसहित उत्सवको रूपमा मनाइन लागेको हो । बिहीबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिइएको हो ।

इटहरीको संगीत चोकमा बिहान १० बजे भेला भएर ¥याली निकालिने र पश्चिम लाइनमा गएर कार्यक्रम आयोजना गरिने महासंघका अध्यक्ष चिरहाङ राईले बताए ।

“प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर,आदिवासी तथा जनजातीय जनहरूको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर” भन्ने माग केन्द्रमा राखिएको उनले बताए ।

राज्यले अहिलेसम्म आदिवासी जनजातिको आत्मनिर्णय, भाषा, पहिचान, शिक्षा, स्वास्थ्य तथा स्रोतमाथिको अधिकार सुनिश्चित नगरेको र यसलाई कार्यान्वयन गर्न सभ्य र सम्यम तरिकाले माग राखिने राईले बताए ।

“सभ्य र सम्यम शैलीमा हामी आफ्नो माग राख्छौँ,” उनले भने, “आफ्नो अधिकार माग्नका लागि अरूलाई गाली गर्न हुँदैन भन्ने पनि सन्देश दिन्छौँ ।”

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, समाजसेवी, स्थानीय आदिवासी अभियन्ता तथा सर्वसाधारणको उपस्थिति रहने कार्यक्रमका मुल संयोजक चन्द्रबहादुर तामाङले बताए ।

तामाङका अनुसार दिवसको अवसरमा आदिवासी समुदायका मौलिक पोशाक, नृत्य, गीत, बाजागाजा र परम्परागत कलाको झाँकीसहित ¥याली प्रस्तुत गरिनेछ ।

सांस्कृतिक कार्यक्रमको आकर्षणमा राष्ट्रिय गायक अनिल कोयू राईसहित स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहने प्रचारप्रसार संयोजक एवम् महासंघका उपाध्यक्ष रोशन भुजेलले जानकारी दिए ।

आदिवासी जनसमुदायलाई आत्मनिर्णयको अधिकार हुने, भूमि, जंगल, प्राकृतिक स्रोतसाधनमाथि परम्परागत हक मान्यता दिनुपर्ने,

शिक्षा, स्वास्थ्य, रोजगारी, संस्कृति आदिमा समान पहुँच र संरक्षण सुनिश्चित गरिनुपर्ने र त्यस अधिकार माग गर्नका लागि यो दिवस मनाइने भुजेलले बताए ।

Tags: आदिवासी जनजाती महासंघचिरहाङ राईदिवस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक
FEATURE BREAKING

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
0

मोरङ : मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना र कानुनी अनियमितताको अनुसन्धान सुरु भएपछि पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत काँकडभिट्टा–लौकही सडकखण्डको निर्माण...

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद
समाचार

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकस्थित मदन भण्डारी लोकमार्गमा दुर्घटनाग्रस्त भारतीय नम्बरको स्कारपियोबाट एक सय चार किलोभन्दा बढी गाँजा...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

असार १, २०८३
अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित

ताप्लेजुङमा अलैँची महोत्सवको तयारी

असार १, २०८३
झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

असार १, २०८३
मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

असार १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

असार १, २०८३
सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

असार १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

असार १, २०८३
अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित

ताप्लेजुङमा अलैँची महोत्सवको तयारी

असार १, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.