झापा : १६ वर्षीया नाबालिकालाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा कचनकवल गाउँपालिकाका दुई पुरुष पक्राउ परेका छन्।
घटनामा ७१ वर्षीय र ५५ वर्षीय पुरुष संलग्न रहेको र उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा खत्री थरका र ५५ वर्षीय तामाङ थरका पुरुष रहेका छन्।
उनीहरूले भदौ ५ गते साँझ स्थानीय पाथीभरा सामुदायिक वनमा ललाई–फकाई र डर–त्रास देखाई नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको प्रहरीको भनाइ छ।
घटनापछि पीडितकी आमाले आइतबार जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएकी थिइन्। उजुरीका आधारमा प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post