Tuesday, April 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इटहरीका अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर

रासस by रासस
कार्तिक १६, २०८२
in विविध, समाचार
0
इटहरीका अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर
197
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बनेका छन् ।

बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उनले पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका–६ मा ‘पशुपति नर्सरी’ स्थापना गरे ।

सुरुआतमा करिब रु दुई लाख ५० हजार लगानीमा सुरु गरिएको यो नर्सरी अहिले रु एक करोडभन्दा बढी लगानीमा रूपान्तरण भएको छ । यही नर्सरीबाट वार्षिक रु ३५ लाखदेखि रु ४० लाखसम्म आम्दानी हुने गरेको अधिकारी बताउँछन् ।

अधिकारीका हजुरबुबा र बुबाले फूल तथा बिरुवाको व्यवसाय सुरु गरेका थिए । हजुरबुबाबाट प्रेरित भएर उनका बुबाले सुपारीको बिरुवा उत्पादन सुरु गरे ।

अधिकारीले भने, “बुबा सुपारीका बिरुवादेखि विभिन्न प्रजातिका फूल र फलफूलका बिरुवा उत्पादन गरेर बिक्रीका लागि वीरगन्ज, बुटवल, नारायणगढसम्म पुग्नुहुन्थ्यो ।”

सानो उमेरमा बुबासँगै बिरुवामा पानी हाल्ने, गोडमेल गर्ने र फूल रोप्ने काम अधिकारीका लागि खेलभन्दा पनि बढी खुसीको विषय थियो । उनी सम्झन्छन्, “बुबा बिरुवा रोप्नुहुन्थ्यो, म त्यसमा पानी हाल्थेँ । त्यसैमा सन्तोष मिल्थ्यो, त्यही कामप्रति मोह र लगाव बढ्दै जाँदा पछि यहीँ पेसा रोजे । फूल र बिरुवासँगको सम्बन्ध मेरो आत्मासँग गाँसिएको छ ।”

केही समयअघि मात्र क्यानडा पुगेका अधिकारीलाई त्यहाँको आधुनिक जीवनशैलीले लोभ्याए पनि मन भने सधैँ नेपालमै थियो ।

उनलाई अरूको देशमा गएर दुःख गर्नुभन्दा आफ्नै ठाउँमा सानो भए पनि व्यवसाय गर्नु गर्वको कुरा लाग्यो । दुई वर्ष नबित्दै स्वदेश फर्किएर अधिकारी अहिले इटहरीमा तीन नर्सरी शाखा स्थापना गरी सञ्चालन गरिरहेका छन् ।

हाल अधिकारीको नर्सरीमा सात युवाले प्रत्यक्ष रोजगारी पाएका छन् । “देशमै बस्न पाउनु, यहीँ आम्दानी हुनु र अरूलाई पनि रोजगारी दिन सक्नु साँच्चिकै सन्तोषको कुरा रहेछ”, अधिकारी भन्छन्।

पशुपति नर्सरीमा अहिले २५ सयभन्दा बढी प्रजातिका बिरुवा छन् । मनिप्लान्ट, टर्मिनेलिया, चाइनादल, भियतनामी नरिवल, थाइकिङ जामुन, अम्बक, सुपारीलगायत विदेशी बिरुवादेखि सिजनल फूल र फलफूलका विभिन्न प्रजातिका बिरुवा यहाँ पाइन्छन् । केही बिरुवा कोलकाता, मुम्बई, काठमाडौँ र चीनबाट आयात हुने र केही यही आफैँले उत्पादन गर्ने गरेको अधिकारीले बताए ।

“नरिवल र सुपारीका बिरुवाको माग अत्यधिक छ”, उनले भने । अधिकारीले सञ्चालन गरेका नर्सरी अहिले इटहरीकै आकर्षण बनेको छ । यहाँ आउने जोकोही बिरुवाको विविधता र सुन्दरता देखेर मोहित हुन्छन् । धेरै व्यक्ति किनमेलसँगै घुम्न, फोटो खिच्न र फूलबारीमा रमाउनका लागि आउने गरेका उनको भनाइ छ ।

अधिकारीका अनुसार अहिले धेरै जसो टिकटक, युट्युब, गुगललगायत अनलाइन माध्यममार्फत माग आउने गरेको छ ।

“हामीले देशभर ‘डेलिभरी’ गर्ने गरेका छौँ । देशमा सम्भावना छैन भनेर बिदेसिने युवाका लागि धेरै सम्भावना नेपालमै छ । लगन, मेहनत र विश्वास भए पर्याप्त आम्दानी गर्न सकिन्छ । फूल र बिरुवाले मलाई आर्थिक मात्र होइन, आत्मिक सन्तुष्टि पनि दिएको छ”, उनले भने ।

पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै परदेशको मोह त्यागी आफ्नै माटोमा आत्मनिर्भर बनेका अधिकारीजस्ता युवा उद्यमीले देशभित्रै रोजगारी र समृद्धिको बाटो सम्भव छ भन्ने प्रमाणित गरेको छ ।

Tags: आत्मनिर्भरउद्यमकेदार अधिकारीव्यवसाय
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सुनसरीमा लाटोकोसेरोको समूह
पर्यावरण

सुनसरीमा लाटोकोसेरोको समूह

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

सुनसरीको इनरुवा नगरपालिका–४ मा आँपको रूखको हाँगामा बसेको कोचलगाँडे लाटोकोसेरोको समूह । मानव बस्ती नजिक तथा र कृषि क्षेत्रहरूमा देखिने...

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय
FEATURE BREAKING

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०८३
0

इटहरी : पछिल्लो समय मोबाइल फोनहरूमा अपरिचित व्यक्तिबाट म्यासेज गरी लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको छ। खासगरी लटरी...

इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

बैशाख १४, २०८३
भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

भोजपुर–चखेवा सडक : २४ घण्टापछि आंशिक रूपमा सञ्चालन

बैशाख १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा लाटोकोसेरोको समूह

सुनसरीमा लाटोकोसेरोको समूह

बैशाख १४, २०८३
लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

लटरी परेको भन्दै ठगी गर्ने गिरोह सक्रिय

बैशाख १४, २०८३
इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

सूचना जारी गर्दै इटहरी उपमहानगरले भन्यो – ‘सडक क्षेत्र अतिक्रमण हटाउनु’

बैशाख १४, २०८३
वातावरणीय प्रदूषण र मानव अधिकारबारे सरोकारवालाको चासो

लागूऔषधसहित इटहरीका दुई युवक पक्राउ 

बैशाख १४, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1454 shares
    Share 582 Tweet 364
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    643 shares
    Share 257 Tweet 161
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    386 shares
    Share 154 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    378 shares
    Share 151 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.