इटहरी : आसन्न प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै सुनसरीमा बसेको सर्वदलीय बैठकले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनीसहित पाँच बुँदे निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन सबै राजनीतिक दल जिम्मेवार बन्ने सहमति गरेको हो।
बैठकले प्रचारप्रसार र मतदानका क्रममा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पूर्ण रूपमा पालना गर्ने र उल्लंघन भए कडाइका साथ कारबाही अघि बढाउने निर्णय गरेको छ।
साथै आचारसंहिता विपरीतका प्रचार सामग्री फागुन १२ गते बेलुकासम्म अनिवार्य हटाउन निर्देशन दिइएको छ।
त्यस्तै, जनप्रतिनिधिलाई चुनावी प्रचारमा सहभागी नहुन, निर्वाचन अधिकृत तथा कर्मचारीलाई निष्पक्ष वातावरण बनाउन सहयोग गर्न र जिल्लाको धार्मिक–साम्प्रदायिक सद्भाव नबिथोल्ने दलहरूले प्रतिबद्धता जनाएका छन्।














Discussion about this post