Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इलामको पाथीभरा मन्दिरमा पर्यटकको आकर्षण बढ्दै

रासस by रासस
चैत्र २, २०८२
in समाचार
0
इलामको पाथीभरा मन्दिरमा पर्यटकको आकर्षण बढ्दै
57
SHARES
Share on FacebookShare on Twitter

इलाम : इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा तीन वर्षमा रु चार करोड २३ लाख ६८ हजार ८५४ भेटी, १३ तोला ४५ आना सुन र ६०९ तोला ५७ आना चाँदी सङ्कलन भएको छ ।

विसं २०७९ फागुन १ देखि ०८२ फागुन ३० सम्म उक्त परिमाणको भेटी रकम तथा धातु सङ्कलन भएको पाथीभरा विकास समितिकी कोषाध्यक्ष कृष्णकुमारी भुजेलले जानकारी दिए ।

आइतबार यहाँ जिल्ला प्रशासन कार्यालय इलाम, कोष तथा लेखा नियन्त्रक कार्यालय इलाम, नापतौल विभाग झापा प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थितिमा सङ्कलित सामग्री तथा नगदबारे लेखाजोखा गरिएको विकास समितिका अध्यक्ष दिलीपकुमार राईले बताए ।

सङ्कलन गरिएको सुन तथा अन्य बहुमूल्य धातु तत्काल खर्च गर्ने वा सुरक्षित राख्ने भन्ने विषयमा आगामी कार्यपालिका बैठकबाट टुङ्गो लाग्ने गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुबास)ले जानकारी दिए ।

“धेरै वर्षपछि एकमुष्ट सङ्कलित सामग्रीको लेखाजोखा गरेका छौँ, अब त्यसको प्रयोग कसरी र कुन प्रयोजनमा गर्ने भन्ने विषयमा अर्को बैठक बसेर निर्धारण गर्छौँ”, उनले भने ।

मन्दिरमा चढाइएको भेटी रकम पनि उल्लेखनीय छ ।

अध्यक्ष स्याङ्बोका अनुसार विसं २०७९ फागुन १ देखि ०८० असार मसान्तसम्म रु ८५ लाख २८ हजार १८७, विसं ०८० साउन १ देखि ०८१ असार मसान्तसम्म रु एक करोड ५६ लाख ६१ हजार ४८८, विसं ०८१ साउन १ देखि ०८२ असार मसान्तसम्म रु ९७ लाख ५४ हजार ६३२ र ०८२ साउन १ देखि फागुन ३० गतेसम्मको रु ८४ लाख २४ हजार ५४७ भेटी रकम सङ्कलन भएको हो ।

मन्दिरबाट सङ्कलित रकम मन्दिर क्षेत्रकै विकासमा खर्च भइरहेको छ । भक्तजनको सहयोग पारदर्शी ढङ्गले सदुपयोग गर्न पालिका प्रतिबद्ध रहेको उनको भनाइ छ ।

गाउँपालिकाले पाथीभरा मन्दिरलाई आफ्नै स्वामित्वमा लिएपछि यसको आम्दानी र व्यवस्थापनलाई नियमित रूपमा सार्वजनिक गरिरहेको छ ।

पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ बनाएर २०७९ फागुन १ गतेदेखि मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी गाउँपालिकाले सम्हालेको हो । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि आउने भक्तजनले भेटीका रूपमा चढाएको रकम तथा धातु सङ्कलन गर्ने गरिएको हो ।

पाथीभरा मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । विशेष गरी शनिबार र मङ्गलबार यहाँ सयौँ भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् ।

मन्दिरमा पुग्नका लागि फेदीबाट करिब एक किलोमिटरको ठाडो उकालोमा सिँढी निर्माण गरिएको छ । यस मार्ग हुँदै भक्तजनहरू सहज रूपमा मन्दिर परिसर पुग्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यले पनि यहाँ आउने दर्शनार्थीलाई आकर्षित गरिरहेको बताइन् ।

मन्दिर नजिकै दुई वटा पोखरी छन्, जहाँ हाँसको आकृतिमा देखिने ढुङ्गाहरू राखिएका छन् । यही कारण स्थानीयले यस क्षेत्रलाई ‘हाँस पोखरी’ पनि भन्छन् । विसं २०५१ मा स्थापना गरिएको यो मन्दिर कुटीडाँडाबाट करिब आठ सय मिटरमाथि र समुद्री सतहबाट करिब एक हजार ८४० मिटर उचाइमा अवस्थित छ ।

मन्दिर नजिकै रहेको रमिते टावरबाट तराईका समथर फाँट, इलामका नागबेली चियाबारी तथा भारत, भूटान र बङ्गलादेशसम्मका भू–भागहरू खुला आँखाले देख्न सकिन्छ । साथै यहाँबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर पनि अवलोकन गर्न सकिने गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए ।

विशेष गरी दसैँ–तिहार, तीज, बालाचतुर्दशी र रामनवमीजस्ता पर्वका बेला यहाँ ठूलो मेला लाग्ने गर्दछ । सामान्य दिनमा पनि शनिबार र मङ्गलबार विशेष भीड लाग्ने गरेको छ । ती दिनमा मात्रै पाँच सयदेखि दुई हजारसम्म भक्तजन मन्दिरमा पुग्ने गरेको उनले जानकारी दिए ।

नेपालका विभिन्न जिल्लाका साथै भारत, बङ्गलादेश र भुटानबाट समेत यहाँ भक्तजन आउने गरेका छन् । गाउँपालिकाका अनुसार धार्मिक पर्यटनको सम्भावना बढ्दै गएसँगै मन्दिर क्षेत्रको संरक्षण, व्यवस्थापन र पूर्वाधार विकासमा ध्यान दिइएको छ ।

Tags: #राससइलामपाथीभरा
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड
FEATURE BREAKING

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार राजनीतिक संकटको संघारमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य...

सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द
FEATURE BREAKING

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : लामो समयदेखि निष्क्रिय रहेका सुनसरी र मोरङका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। उद्योग, कृषि तथा...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३
कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

असार ३२, २०८३
इलामको रिखुवा खोलामा ३० करोडको पुल

इलामको रिखुवा खोलामा ३० करोडको पुल

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    461 shares
    Share 184 Tweet 115
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.