आज १९ औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा गरिएको थियो ।
तत्कालीन नेकपा (माओवादी) को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६३ साल वैशाख ११ गते आफ्नो प्रत्यक्ष शासन सत्ता अन्त्य गर्दै जनतालाई सत्ता फिर्ता गरेका थिए ।
त्यसपछि पुनःस्थापित संसद्बाट गठित सरकारले संविधानसभा निर्वाचन गराएको थियो ।
उक्त निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको हो।













Discussion about this post