Sunday, July 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खोटाङको मझुवागढी : इतिहास, आस्था र प्रकृतिको त्रिवेणी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २१, २०८३
in विविध, समाचार
0
खोटाङको मझुवागढी : इतिहास, आस्था र प्रकृतिको त्रिवेणी
55
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : जिल्ला सदरमुकाम दिक्तेल बजारस्थित हाटडाँडाबाट सिढीँहरू चढ्दै करिब ४५ मिनेट उकालो पार गरेपछि पुगिन्छ मझुवागढी ।

प्राकृतिक सुन्दरतासँगै कालिका भगवती मन्दिर, बुधेश्वर महादेव मन्दिर (गुफा), किरातीहरूको ऐतिहासिकस्थल जस्ता ऐतिहासिक एवं धार्मिक महत्वका स्थलहरूले यहाँको महिमा र गरिमालाई अझै उचो बनाएका छन् ।

पैदलयात्रा गरी माथि पुगिसकेपछि भने हरियालीयुक्त भूगोलसँगै तीर्थस्थलका साथै यहाँबाट देखिने दिक्तेल बजारसहित वरपरको रमणीय दृश्यले जोकोहीलाई मोहित गराउँछ ।

पछिल्लो समयमा व्यवस्थित गर्दै लगिएका पूर्वाधारले पनि गढीसम्मको यात्रालाई थप व्यवस्थित बनाएको बुधेश्वर महादेव मन्दिरका पुजारी नवराज घिमिरेले बताए। उनका अनुसार यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ।

विशेष गरी बालाचतुर्दशी, रामनवमी, शिवरात्रि, हरिबोधनी एकदशी, हरितालिका तीज लगायतका महत्वपूर्ण तिथिमिति र चाडपर्वमा यस क्षेत्रमा दर्शनार्थीहरूको ठुलो घुइँचो लाग्ने गरेको उनले बताए। उनका अनुसार हलेसी महादेव मन्दिर आउने अधिकांश दर्शनार्थी दिक्तेलमा आएर यहाँस्थित कालिका भगवती, बुधेश्वर महादेवको दर्शन तथा पूजाआजा गरेर फर्कने गरेका छन्।

पुजारी घिमिरेका अनुसार दिक्तेल बजारको हाटडाँडा हुँदै माथि उकालो चढेपछि सुरुमा बुधेश्वर महादेव मन्दिर(गुफा) आउँछ । करिब ३० मिटर लामो यस गुफाभित्र विभिन्न देवीदेवताका प्रकृतिले कुँदिएका तस्बिर जस्ता आकृतिहरू अवलोकन गर्न सकिन्छ । गुफाभित्र ठूलै सङ्ख्यामा चमेराहरू पनि छन्।

गुफाबाट केही माथि उक्लेपछि कालिका भगवतीको मन्दिर आउँछ । घिमिरेका अनुसार स्थानीय रणविर राई र वीरन्ची आचार्यले सपनामा यहाँ मन्दिर भएको देखेका थिए । उनीहरूलाई सामु कटुवाल भन्ने व्यक्तिले यो स्थान खोज्न सघाएको भन्ने किम्बदन्ती रहेको उनले जानकारी दिए।

मनले चिताएको पुग्ने विश्वासका साथ मन्दिरमा दिक्तेलका साथै टाढाटाढाबाट भाकलसहित पूजाआजाका लागि भक्तजन आउने गरेका उनले बताए। उनका अनुसार कालिका भगवती मन्दिरमा पूजा गर्ने विधि र प्रक्रियामा विभिन्न मौलिकता रहेका छन्।

“कालिका भगवतीमा गरिने बलीपूजाका लागि २७ दिनदेखि तीन महिनाभित्रको पाठी मात्र प्रयोग गर्ने प्रचलन छ”, पुजारी घिमिरेले भने, “बलि दिइएको पाठीको रगत नौ वर्षभन्दा माथिका महिलाले टेक्न नहुने र प्रसादका रूपमा पनि ग्रहण गर्न नहुने परम्परा छ।”

बलि दिइएको पाठीको मासु घरमा लैजान नहुने बताउँदै उनले पश्चिममा काँडे ओढार, दक्षिणमा गढी डाँडा, पूर्वमा सरने ओढार र उत्तरमा हाट डाँडाभित्र मात्रै पकाएर खानुपर्छ भन्ने प्रचलन रहेको जानकारी दिए। बलि दिइएको पाठीको मासु उक्त चार किल्लाभित्र खाएर नसकेकमा त्यही नै व्यवस्थापन गर्नुपर्ने तर घर लैजान नहुने परम्परा रहेको उनले बताए।

यहाँस्थित कालिका भगवती मन्दिरमा आचार्य थरका र बुधेश्वर महादेव मन्दिरमा घिमिरे थरका व्यक्तिहरूले पूजाआजा गर्दै आएका छन्।

वि.संं. १६६३ देखि बुधेश्वर मन्दिरमा आफूहरूले विगत आठ पुस्तादेखि निरन्तर पूजाआजा गर्दै आएको घिमिरेले जानकारी दिए। “कालिका भगवती मन्दिरको केहीमाथि वनभोजस्थल छ । विशेष गरी वनभोजको याममा यहाँ ठूलै सङ्ख्यामा समूहसमूहमा मिलेर सर्वसाधारण बनभोजका लागि आउँछन्”, उनले भने।

पछिल्लो समयमा यो क्षेत्र धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनिरहेको कालिका भगवती मन्दिरका पुजारी युवराज आचार्यले बताए। विशेष तिथिमितिका साथै पर्व विशेषमा मन्दिरमा ठुलै भिडभाड हुने गरेको जनाउँदै उहाँले मन्दिरमा एकैदिनमा ११३ वटा पाठी बलि दिइएको तथ्याङ्क रहेको उल्लेख गरे।

रमणीय वन जङ्गलसँगै गुराँस फुल्ने याममा यो क्षेत्र अझै रमणीय देखिने गरेको छ। जङ्गलको केही पर किरातीहरूको ऐतिहासिक मझुवागढी यहाँको अर्को आकर्षण हो । किराती राजा रणवीर राईले तत्कालीन समयमा राज्य सञ्चालन गर्दाका विभिन्न अवशेष यहाँ रहेको स्थानीयवासी बताउँछन्।

पछिल्ला वर्षमा विभिन्न सेवा, पेसा र व्यवसायमा रहेका व्यक्तिसँगै विभिन्न उमेर समूहका व्यक्तिहरूको रोजाइमा मझुवागढी क्षेत्र पर्ने गरेको अर्का स्थानीयवासी भानुभक्त आचार्यले बताए। यस क्षेत्रको प्रचारप्रसार गर्दै धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ।

मझुवागढीको प्रवर्द्धन र विकाससँगै यहाँको सौन्दर्यीकरणका लागि पछिल्ला वर्षमा सङ्घ, प्रदेश तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लगानी बढाइरहेका छन्। मझुवागढीलाई सांस्कृतिक विविधतामा आधारित विशिष्ट पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ यहाँ विभिन्न मूर्तिकारहरूले तयार गर्नुभएका मूर्तिहरू राख्ने तयारीसमेत गरिएको छ।

Tags: #खोटाङमझुवागढी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा ब्राउनसुगरसहित एक युवक पक्राउ
समाचार

सुनसरीमा ब्राउनसुगरसहित एक युवक पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार २१, २०८३
0

इटहरी : सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित खुनिया...

मोरङमा एक पुरुष मृत भेटिए
समाचार

मोरङको मिक्लाजुङमा भीरबाट लडेर एक जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार २१, २०८३
0

मोरङ : मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मिक्लाजुङ–२ निवासी ४० वर्षीय राजकुमार...

इन्जुरी समयमा समीक्षाको निर्णायक गोल, धरानलाई कोशी प्रदेश महिला फुटबल प्रतियोगिताको उपाधि

इन्जुरी समयमा समीक्षाको निर्णायक गोल, धरानलाई कोशी प्रदेश महिला फुटबल प्रतियोगिताको उपाधि

असार २१, २०८३
विराटनगर : पत्रकार परिचयपत्रको वैधतामाथि प्रश्न, दुई जनाविरुद्ध अभद्र व्यवहार र लागूऔषध सेवनको मुद्दा

विराटनगर : पत्रकार परिचयपत्रको वैधतामाथि प्रश्न, दुई जनाविरुद्ध अभद्र व्यवहार र लागूऔषध सेवनको मुद्दा

असार २१, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभामा बजेटमाथिको मन्त्रालयगत छलफल सकियो, ‘कार्यान्वयनमै चुनौती’

असार २१, २०८३
उद्यमको विरासत बोकेर नेतृत्वको दौडमा नवराज काफ्ले

उद्यमको विरासत बोकेर नेतृत्वको दौडमा नवराज काफ्ले

असार २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा ब्राउनसुगरसहित एक युवक पक्राउ

सुनसरीमा ब्राउनसुगरसहित एक युवक पक्राउ

असार २१, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

मोरङको मिक्लाजुङमा भीरबाट लडेर एक जनाको मृत्यु

असार २१, २०८३
खोटाङको मझुवागढी : इतिहास, आस्था र प्रकृतिको त्रिवेणी

खोटाङको मझुवागढी : इतिहास, आस्था र प्रकृतिको त्रिवेणी

असार २१, २०८३
इन्जुरी समयमा समीक्षाको निर्णायक गोल, धरानलाई कोशी प्रदेश महिला फुटबल प्रतियोगिताको उपाधि

इन्जुरी समयमा समीक्षाको निर्णायक गोल, धरानलाई कोशी प्रदेश महिला फुटबल प्रतियोगिताको उपाधि

असार २१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    761 shares
    Share 304 Tweet 190
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    354 shares
    Share 142 Tweet 89

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन