सवारी दुर्घटना हुँदा इटहरीकी एक महिलाको हात भाँचिएको छ ।
धरान १३ स्थित कोशि लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को २ ह ६७९९ न. को टेम्पो अचानक ब्रेक फेल भई दुर्घटना हुँदा टेम्पो चालक इटहरी १९ बस्ने बर्ष ४५ कि रेखा चौधरीको बाँया हात भाँचिएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
घाईते भएकी उनको उपचारका लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको प्रहरीले जनाएको छ ।














Discussion about this post