इटहरी : अबैध रुपमा ह्याण्ड सेनिटाईजर उत्पादन तथा भण्डारण गरी कालोबजारी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार इटहरीको मनकामना टोलमा संचालनमा रहेको सौर्य केमिकलका संचालक अतित गुरागाँई र इटहरी ६ का व्यापारी अमरजित गोश्वामीलाई पक्राउ गरिएको हो । उनीहरुले अबैध रुपमा सौर्य नामक ह्याण्ड सेनिटाईजर उत्पादन गरी बेचेको आरोपमा पक्राउ परेका हुन् । गोस्वामीको कस्मेटीक पसल जे.बी. ईन्टप्राईजेजमा भण्डारण गरी राखेको अवस्थामा मापदण्ड बिपरीत उत्पादन गरिएको ठूलो मात्राको सेनिटाईजर सहित दुवै जनालाई पक्राउ गरिएको उनले बताए ।
उनका अनुसार प्लाष्टिकका बोतलहरुमा लेवल टाँसी बजार मूल्य भन्दा बढीमा बेचबिखन गर्न तयार गरिएका ७० तथा ३० एमएलको १७७० वटा प्लाष्टिकका बोतलहरु बरामद गरेको हो । यसैगरी वाग्मती लेखिएको हरियो वाल्टिनमा रहेको सेतो तरल पदार्थ १६२ लिटर र १५०० खाली वट्टा तथा ९५ बण्डल स्टिकर समेत वरामद गरिएको छ ।
Discussion about this post