Monday, August 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध अन्तर्वार्ता

‘कसैको पक्ष, विपक्षमा नलागीकन सबैलाई समेटेर काम गर्छु’ (अन्तर्वार्ता)

यो टिम समस्याप्रति जुध्छ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ४, २०७९
in अन्तर्वार्ता
0
‘कसैको पक्ष, विपक्षमा नलागीकन सबैलाई समेटेर काम गर्छु’ (अन्तर्वार्ता)
167
SHARES
Share on FacebookShare on Twitter

इटहरी : उद्योग वाणिज्य संघ इटहरीका नवनिर्वाचित अध्यक्ष जीवन पराजुली यसअघि विभिन्न संघसंस्थामा नेतृत्व निर्वाह गरिसकेका छन् ।

पराजुलीले यसअघि तरहरा जेसीज वर्ष २०१३ को कुशल नेतृत्व प्रदान गरिसकेका छन् ।

नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष समेत भइसकेका उनी लायन्स क्लब अफ इटहरी सिटी र लायन्स क्लब अफ ३२५ को जोन चियरपर्सन भइसकेका छन् ।

गत माघ २८ गते भएको उवासंघको निर्वाचनबाट अध्यक्षमा निर्वाचित पराजुलीसँग समसामयिक विषयमा केन्द्रीत रहेर टाकुरा न्यूजले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

चुनाव जितिसकेपछि मतदाताको प्रतिक्रिया के पाउनुभयो ?

मुख्यतयाः इटहरीमा पार्किङको विषयमा व्यवसायी साथीहरूले गुनासो गर्नुभएको छ । पहिलो चरणमै मेरो काम भनेको स्थानीय सरकार र शान्ति सुरक्षाका निकायसँग समन्वय गरी पार्किङ व्यवस्थापनका लागि भूमिका निर्वाह गर्नेछु ।

खासगरी इटहरीमा व्यवसायिक करको विषयमा पनि समस्याहरू आइरहेका छन् । उपमहानगरले कर चुक्ताको आधारमा व्यापारीसँग कर लिने गरेको छ । अब कर चुक्ताको आधारमा नभई पुँजीको आधारमा कर लिनुपर्छ भनेर हामीले ठोस कदम चाल्नेछौँ ।

करको कुरा उठिरहँदा घरबहालको पनि समस्या छ । खासमा घरबहाल कर घरधनीले तिर्नुपर्ने हो, व्यापारीले नै तिरिरहेको अवस्थामा यसको निमयनका लागि तपाईँ नेतृत्व उवासंघको भूमिका के हुनसक्छ ?

घरबहाल कर सम्बन्धि सरकारको ऐन नै बनेको छ । घरबहाल कर व्यवसायीले होइन, घरधनीले तिर्नुपर्ने हो । सोही अनुसार ऐन छ । तर, अहिलेपनि व्यवसायीले नै घरबहाल कर तिर्नुपरेको अवस्था विद्यमान छ । यो धेरै वर्ष अगाडिदेखि उठेको कुरा हो, कार्यान्वयन भने हुन सकेको छैन । अब घरबहाल कर व्यवसायीले होइन, घरधनीले तिर्नुपर्छ भनेर हामी पहल गर्नेछौँ । कति सम्भव हुन्छ, त्यसका लागि व्यापारी साथीहरूको पनि आवश्यक सहयोग चाहिन्छ ।

तपाईँसँग व्यवसायीका अपेक्षा के छन् ?

अपेक्षा धेरै नै छ । अहिलेको नेतृत्वले फरक किसिमले काम गरोस् भन्ने आम व्यवसायीको चाहना रहेको बुझेको छु । ठूला–ठूला काम भन्दा पनि व्यवसायीहरूले मसिनो कामको अपेक्षा गर्नुभएको छ । साना, मझौला र ठूला व्यवसायीलाई समेटौँ भन्ने धेरैजसोको अपेक्षा छ ।
व्यवसायीका समस्या चैँ केके छन् ?

इटहरीमा सबैभन्दा पहिलो कर र दोस्रो भनेको पार्किङको समस्या छ । हाल कर, पार्किङ व्यवस्थापनसँगै घरबहाल कर, बैँकिङ ऋण, बिहीबार र शनिबार हुने बन्दबारे अन्यौलता र लेनदेन जस्ता समस्या रहेको छ । आजकै दिनमा पनि मैले उद्योग वाणिज्य महासंघसँग यी समस्याबारे टेलिफोनमार्फत संवाद गरेको छु । व्यवसायीका साना समस्या समाधान नभएको अवस्थामा माथिल्लो निकायसँग कुरा गरेर समस्या समाधान गर्नका लागि मेरो भूमिका हुनेछ । खासगरी मैले भन्दा पनि मेरो नेतृत्वको टिमले व्यवसायीका समस्या समाधान गर्ने कुरामा दुईमत रहन्न ।

तपाईंका योजना के छन् ?

मेरो घोषणा पत्रमै मेरा कार्ययोजना स्पष्ट छन् । कसैको पक्ष, विपक्षमा नलागीकन सबैलाई समेटेर काम गर्छु । यो टिम समस्याप्रति जुध्छ । धेरै काम गर्न बाँकी छ । कर्मचारी व्यवस्थापनदेखि आगामी दिनमा अनलाइनबाट नवीकरण गर्न सकिने योजना बनाएर काम गर्नुपर्नेछ । अब व्यवसायी साथीहरूले आफ्नै पैसाले नवीकरण गरेर भोट हाल्ने वातावरण बनाउन मेरो टिमले भूमिका खेल्नेछ ।

उवासंघलाई राजनीतिक भ¥याङ बनाएर स्थानीय तहको नेतृत्व वा सांसद ताक्ने चलन छ भनेर बजारमा सुनिन्छ नि ?

पहिलो कुरा त म विशुद्व व्यवसायीको नेता बन्न उवासंघमा आएको हुँ । अहिले म व्यवसायीकै नेता हुँ, तत्काल राजनीतिक नेता बन्दिन । तीन वर्षे कार्यकालमा व्यवसायीका समस्याप्रति खटिनेछु । यो समयसम्म म संघ, संस्थामै काम गर्नेछु । म दलीय हिसाबमा राजनीतिक नेतृत्व अहिले नै लिने भन्ने पक्षमा छैन ।

अन्त्यमा तपाईंलाई भन्न मन लागेका केही कुरा छन् ?

व्यवसायीहरूलाई धैर्य गर्न मेरो आह्वान छ । भन्ने बित्तिकै काम नहुन पनि सक्छ । सबैबाट सकारात्मक सुझाव, सल्लाह र मार्गनिर्देशनको अपेक्षा गर्दछु । यो टिमलाई सफल बनाउनका लागि सबै व्यवसायीको सहयोगको आवश्यक छ । कुनै समस्या हुँदा फोनमार्फत पनि सुझाव र गुनासो लिन्छु । भन्नेबित्तिकै सबै ठाउँमा नपुग्न पनि सकिन्छ । तर, व्यवसायीमा आइपर्ने समस्याको न्यूनीकरणका लगि महत्वपूर्ण भूमिका निर्वाह गर्छु भन्ने आत्मविश्वास छ । उद्योग वाणिज्य संघ इटहरी सबै व्यवसायीको साथमा रहेको अनुभूति दिलाउनेगरी काम गर्छु ।

Tags: #उवासंघअन्तर्वार्ताजीवन पराजुलीटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)
अन्तर्वार्ता

‘कामका लागि उम्मेदवारी दिएको हुँ, पदका लागि होइन’ : दिनेश धमला (अन्तर्वार्ता)

by टाकुरा न्यूज । इटहरी
असार २४, २०८३
0

यही असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै सदस्य पदका उम्मेदवार दिनेश धमलासँग वर्तमान व्यावसायिक वातावरण,...

‘संघको निर्णय प्रक्रियामा साना व्यवसायीको सहभागिता बढाउँछु’ : सन्नी चौधरी (अन्तर्वार्ता)
अन्तर्वार्ता

‘संघको निर्णय प्रक्रियामा साना व्यवसायीको सहभागिता बढाउँछु’ : सन्नी चौधरी (अन्तर्वार्ता)

by टाकुरा न्यूज । इटहरी
असार २०, २०८३
0

यही असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनलाई लक्षित गर्दै सदस्य पदका उम्मेदवार सन्नी चौधरीसँग वर्तमान व्यावसायिक वातावरण,...

अन्तर्वार्ता : ‘घरबहाल कर घरबेटीले तिर्नुपर्छ, व्यवसायीले होइन’ – सञ्जीप खड्का

अन्तर्वार्ता : ‘घरबहाल कर घरबेटीले तिर्नुपर्छ, व्यवसायीले होइन’ – सञ्जीप खड्का

असार १९, २०८३
‘साना व्यवसायी बलिया भए मात्र बजार चलायमान हुन्छ’ : मीना ढकाल आचार्य (अन्तर्वार्ता)

‘साना व्यवसायी बलिया भए मात्र बजार चलायमान हुन्छ’ : मीना ढकाल आचार्य (अन्तर्वार्ता)

असार १९, २०८३
२० वर्षको व्यवसायिक अनुभव उद्योगी–व्यवसायीको हितमा लगाउनेछु : जीवन न्यौपाने (अन्तर्वार्ता)

२० वर्षको व्यवसायिक अनुभव उद्योगी–व्यवसायीको हितमा लगाउनेछु : जीवन न्यौपाने (अन्तर्वार्ता)

असार १८, २०८३
डा. शेखर कोइरालालाई प्रश्न – ‘तपाईंको दृष्टिमा अबको नेपाल कस्तो हुनुपर्छ ?’ (अन्तर्वार्ता)

डा. शेखर कोइरालालाई प्रश्न – ‘तपाईंको दृष्टिमा अबको नेपाल कस्तो हुनुपर्छ ?’ (अन्तर्वार्ता)

फाल्गुन १४, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

साउन १८, २०८३
इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने फोटो पत्रकार विशप ताम्राकारको निधन

इटहरीमा डिजिटल फोटोग्राफी भित्र्याउने फोटो पत्रकार विशप ताम्राकारको निधन

साउन १८, २०८३
सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

साउन १७, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरीका चार वटा पालिकामा सोमबार बिहानसम्म निषेधाज्ञा

साउन १७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.