Saturday, September 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

इटहरीमा अन्तरदेशीय नाटक महोत्सव : ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ प्रस्तुत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २०, २०८०
in कला साहित्य, टाकुरा विशेष, समाचार
0
इटहरीमा अन्तरदेशीय नाटक महोत्सव : ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ प्रस्तुत
175
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा जारी तीन दिने ‘दोस्रो अन्तरदेशीय साझा रङ्गमञ्च २०८०’ को दोस्रो दिन सोमबार (आज) झापाको दमकस्थित कदम थियटरले आफ्नो प्रस्तुति दिएको छ ।

‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ नाम दिइएको नाटक प्रस्तुत गरिएको हो ।

प्रसिद्व साहित्यकार इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ लाई सिजन दाहालले नाट्य रूपान्तरण गरी प्रस्तुत गरिएको हो ।

दोस्रो विश्वयुद्धताका बर्मामा बसेका नेपालीहरू आफ्नो ज्यान जोगाउन भारततर्फ प्रस्थान गर्दा बाटोमै प्राण गुमाउनुपरेको दृश्यलाई नाटकमा प्रस्तुत गरिएको छ । नाटकअनुसार नेपाली भाषीहरू बर्माबाट ज्यान जोगाउनका निम्ति उक्त ठाउँ छाडेर हिँड्छन् ।

कोही आसामतर्फ त कोही लिखापानीतर्फ जान्छन् । तर, बाटोमा आइपर्ने व्यवधानहरूको सामना गर्न नसक्दा एकबाहेक सबैले ज्यान गुमाउँछन् ।

नाटककी पात्र जयमाया भने प्रकृतिसँग जसोतसो जोगिएर बस्दा उनी जीवित हुन्छिन् । कलिलो उमेरकी उनले बाटोमै आमालाई गुमाएकी छन् । खोला तर्ने क्रममा ऊसका बा अर्थात् सुबेदारले पनि ज्यान गुमाइसकेका छन् ।

अरु गाउँलेहरू पनि कसैले बाटोमै ज्यान गुमाए त कसैले आफ्नै मान्छेलाई मारेका घटना छन् । तर, यसबेला जयमाया एक्लै छिन् । भर्खरैको उमेरमा जयमायासँग रहरको रेखा छ । रहरको रेखा लम्बिदैँ जाने उमेरमा उनी जीवित भएकी छन् ।

नाटकले आफ्नो थाँतथलो छाड्नु हुँदैन भन्ने सन्देश दिएको छ । बाँच्नेहरू आफ्नै ठाउँमा बाँचे तर मर्नेहरू प्रकृतिका कारण मरेको दृश्यलाई नाटकमा मिहिन ढंगले प्रस्तुत गरिएको छ । मान्छेकै त्रासमा ठाउँ छाडेर हिँडेका मान्छेहरू हावापानी, बाढीपहिरो र प्राकृतिक विपत्तिमा परेर विलिन भएको दृश्यलाई नाटकमा प्रस्तुत गरिएको छ ।

पछिल्लो समय देश छाडेर विदेशिनेहरू बढिरहेको समयमा उक्त नाटकले भने देशमै बस्नुपर्छ भन्ने सन्देश दिएको छ ।

जीवन बरालको निर्देशनमा तयार भएको नाटकमा अनिल दुलाल, आयुुश खतिवडा, जंग मगर, पारुमा राई, पुनम भुजेल, पुष्प राई, भरत मगर, नवीन भण्डारी, नवीन रिजाल, रश्मी उप्रेती, रोशन मुर्मु, विवेक राउत, संचिता लामा र सुष्मा मगरले अभिनय गरेका छन् ।

नेपथ्यमा मञ्च परिकल्पनाकार मनिक शंकर, प्रकाश परिकल्पनाकार दीप खरेल, संगीत परिकल्पनाकार चोमु शेर्पा खुशी, सुवाचन्द्र खरेल र पुष्प राई रहेका छन् भने सुवासचन्द्र खरेल नाटकको सहनिर्देशक रहेका छन् ।

आइतबारदेखि सुरु भएको दोस्रो अन्तरदेशीय साझा रङ्गमञ्चको पहिलो दिन भने भारतको पश्चिम बंगालका रंगकर्मीहरूले नाटक प्रस्तुत गरेका थिए । कृष्णनगर जीवोनेर एकतान, भारतको प्रस्तुति तथा शुभ्रा रोयको निर्देशनमा ‘एकटु अगुन दे’ नाटक प्रस्तुत गरियो । जुन नाटकले दर्शकहरू भावविह्लि बनेका थिए ।

सोमबार (आज) साँझ ४ बजे ‘आरोहण गुरुकुल, विराटनगर’ नाट्य समूहले नाटक ‘नेता जी’ प्रस्तुत गर्नेछ । उक्त नाटक भरत कार्कीले निर्देशन गरेका हुन् ।

यस्तै, कात्तिक २१ गते बिहान ९ बजे र साँझ ४ बजे ‘कलालय इटहरी’ले नाटक ‘शत्रु’ प्रस्तुत गर्नेछ ।

उक्त नाटक भने प्रज्वल पराजुलीले निर्देशन गरेका छन् । यसअघि शुक्रबार र शनिबार सोही नाटक एकीकृत सरकारी कर्मचारी संगठन नेपाल, सुनसरीको आयोजनामा प्रस्तुत गरिएको आयोजक कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले बताए ।

यो पनि – इटहरीमा अन्तरदेशीय नाटक महोत्सव सुरु, पहिलो दिन भारतीय रङ्गकर्मीको प्रस्तुत

Tags: कदम थियटरकलालयटाकुरा विशेषनाटकसोनु जयन्ती
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु
समाचार

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

विराटनगर : कोशी प्रदेशका मोरङ, झापा र सुनसरी जिल्लामा एकैदिन भएका १५ वटा सवारी दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेमध्ये...

नारायण काइँलाेकाे गजल
कला साहित्य

नारायण काइँलाेकाे गजल

by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८३
0

जस्तो यो शहरमा आउने जाने हजार हुन्छन् दिल भित्रको नगरका आउने जाने हजार हुन्छन्। को को आए वरदान माग्न के...

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३
लक्ष्मण सङ्गमकाे (गजल)

लक्ष्मण सङ्गमकाे (गजल)

अशोज १०, २०८३
आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

आशाका प्रमाणपत्रदेखि पासपोर्टसम्म

अशोज १०, २०८३
श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

श्रीलंका टापु : पसिना र पौरखले धानेको जीवन

अशोज १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोटरसाइकल दुर्घटनामा विराटनगरका ४५ वर्षीय पुरुषको मृत्यु

शुक्रबार कोशीमा एकैदिन १५ सवारी दुर्घटना, १६ जना घाइते

अशोज १०, २०८३
नारायण काइँलाेकाे गजल

नारायण काइँलाेकाे गजल

अशोज १०, २०८३
कोशी टप्पुको वातावरणमा रत्तिइरहेका पुष्पा र अञ्जली

कोशी टप्पुका दुई पोथी गैँडा भालेको खोजीमा

अशोज १०, २०८३
लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

लिम्चुङबुङ गाउँपालिकाकाे आफ्नै स्थानीय पाठ्यपुस्तक तयार

अशोज १०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    961 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    761 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.