Wednesday, June 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

कलालयद्धारा आयोजित स्कुल थियटरमा पर्यावरण, प्रविधि, शिक्षा, खुशी, दुःख र जीवनको कथा (तस्बिर तथा भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८१
in कला साहित्य, टाकुरा विशेष, समाचार
0
कलालयद्धारा आयोजित स्कुल थियटरमा पर्यावरण, प्रविधि, शिक्षा, खुशी, दुःख र जीवनको कथा (तस्बिर तथा भिडियोसहित)
170
SHARES
Share on FacebookShare on Twitter

इटहरी : केही रूखहरू छन् । जोसँग जिस्किरहेछन् वन्यजन्तुहरू । रूखकै सहाराले वन्यजन्तुको जीवन सार्थक बनेको छ । तर, अनायसै मानिसहरू जंगल प्रवेश गर्छन् । र, काटन् थाल्छन्, तीनै रूखहरू । केही बेरमै उजाड लाग्दो बन्छ, जंगल । र, उठ्छ वन्यजन्तुको बासस्थान ।

इटहरीमा स्कुल थियटरको नवौँ संस्करणमा देखाइएको नाटक ‘हाम्रो घर’को दृश्य हो यो । जसले भावुक मात्रै बनाउँदैन, मानिसको मन पनि उद्धेलित बनाउँछ ।

कलालय इटहरीले आयोजना गरेको स्कुल थियटरमा इटहरीका २३ वटा विद्यालयका नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत ६१ जना बालबालिका सहभागी थिए । तीमध्ये १५ दिने कार्यशाला पूरा गरेका ५० जना प्रशिक्षार्थीहरूले ६ वटा नाटक प्रस्तुत गरेका हुन् ।

एउटा नाटक करिब १० देखि १५ मिनेटको रहेको थियो । स–साना बालबालिकाको अभिनय कुनै अब्बल कलाकारकोभन्दा कम थिएन । जुन नाटक इटहरीमा रुचाइयो । दर्शकहरूले करिब डेढ घण्टासम्म कुनै अल्छी नमानीकन नाटक हेरेर मनोरञ्जनसँगै विभिन्न विषयमा सन्देश लिए ।

‘एक्लो एउटा रुख खोजिरहेछ साथी,
काट्नेहरू छन् धेरै, जो चढ्छन् उसकै माथि …।’

‘हामी काटिएका रूख हौँ,
रूखका दुःख हौँ …।’

नेपथ्यमा बजिरहेको गीतले धेरै कुरा बोलिरहेको छ । नेपथ्यमा कुनै साउण्ड सिस्टमबाट गीत बजेको छैन । यहाँ गीतारको संगीतमा कलाकारहरूले नै स्वयम् गीत गाइरहेका छन् । जसले पनि नाटकलाई जीवन्त बनाउने प्रयास गरिएको छ । उक्त गीत सुगम दुलालले लेखेका हुन् ।

‘हाम्रो घर’ शीर्षकको नाटकमा रूख काट्नाले पर्यावरणमा परेको असर, जंगली जनावरको पीडाको रोदनलाई प्रस्तुत गरिएको मेन्टर रोशन आचार्यले बताए । ‘यो नाटकले पर्यावरणको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘अहिलेको समयमा अनियन्त्रित रूपमा जंगल विनाश भइरहँदा त्यसले मानव जीवनमा पार्ने प्रभावबारे चित्रण गरिएको हो ।’

उक्त नाटकको मेन्टरका रूपमा आचार्यसहित अस्मित गौतम रहेका थिए ।

नाटकको निर्देशन सुधा बस्नेतले गरेकी हुन् भने सहायक निर्देशनको भूमिकामा अदिति दाहाल रहेकी छन् । कलाकारहरूमा बस्नेत र दाहालसहित स्वरुपराज कार्की, रोशिका कालाखेती, दृष्य काफ्ले, प्रत्युस थापा, कृषा कार्की, मन्सा सुवेदी र स्मारिका चौधरी रहेका थिए ।

कलालयका अनुसार नाट्य लेखन, निर्देशन र सहायक निर्देशन कार्यशालामा सहभागी प्रशिक्षार्थीहरूले नै गरेका हुन् । यसैगरी मेन्टरको रूपमा भने यसअघि स्कुल थियटरबाटै स्थापित भएका कलाकारहरू रहेका छन् ।

 

दोस्रो नाटक थियो – ‘टेक्नोलोजीहरूको चकचकी ।’ जीवनमा प्रविधि आवश्यक छ, तर प्रविधि नै जीवन हो भन्ने भाष्यले समस्या भइरहेको कुरालाई नाटकमा उल्लेख गरिएको छ ।

‘अहिलेको युगमा टेक्नोलोजीको विकास भइरहेपनि यसले मानिसको दैनिकीलाई असर पारेको छ । यसैलाई मध्यनजर गरी प्रविधिको फाइदा, बेफाइदाबारे नाटकमा चित्रण गरिएको छ,’ नाटकका मेन्टर डेभिड विष्टले भने, ‘हामी प्रविधिको बेफाइदामा मात्रै केन्द्रित भयौँ । अहिलेका बच्चा प्रविधिमा मात्रै केन्द्रित हुँदा मानसिक समस्यासहित, अध्यापनमा समेत समस्या भइरहेको कुरालाई नाटकमार्फत देखाइएको छ ।’

नाटकको मेन्टरका रूपमा विष्ट र चिरञ्जीवी थापा रहेका छन् ।

यसैगरी नाटकको निर्देशन आरध्या कार्की र सहनिर्देशनमा दिव्याश्वरी थापाको भूमिका रहेको छ । कलाकारहरूमा कार्की र थापासहित काव्या जयन्ती, सभ्यता किराती, आर्यन घिमिरे, विशम पौडेल, अनिसा भुजेल र श्रृषा खनाल रहेका छन् ।

अर्को नाटक रहेको थियो – ‘विद्यार्थी जीवन ।’ यहाँ पढ्दा धेरै जान्ने विद्यार्थी र कम जान्ने विद्यार्थीबीचको तुलनालाई देखाइएको छ ।

परीक्षामा नम्बर थोरै आउँदा घरबाट समेत अपहेलित बन्नुपरेको कुरा र अरु कसैसँग प्रतिष्पर्धा गर्दा परेको असरबारे चित्रण गरिएको छ ।

‘परीक्षामा आएको नम्बरलाई लिएर अभिभावकले टपर मात्रै मान्छे हो, अरुको कामै छैन भन्ने तरिकाबाट गरेको विभेदलाई उतारिएको छ,’ नाटकमा मेन्टरको भूमिकामा रहेकी स्वेता कार्कीले भनिन्, ‘जीवनमा बाँच्नका लागि र आफ्नो खुसीको लागि नम्बर मात्रै आवश्यक होइन भन्ने सन्देश दिइएको छ ।’

दुईजना मिल्ने साथीहरूबीच अभिभावकले नम्बरको तुलना गर्दा उनीहरूको सम्बन्ध छुट्नुपरेको दृश्य नाटकमा देखाइएको छ ।

जसकारण हरेक कामको नतिजा नम्बर मात्रै होइन । र, जीवन बाँच्नका निम्ति नम्बर मात्रै उपलब्धिमूलक होइन भन्ने सन्देश दिइएको छ ।

नाटकको निर्देशन श्रेया राईले गरेकी हुन् । कलाकारहरूमा उनै राईसहित सृष्टि ढकाल, आहाना योशा सुवेदी, ओस्कार भट्टराई, अनुष्का थापा, आदित्य सुवेदी, मनिता लुइँटेल, प्रियन्सा सुवेदी र सुहम ढकाल रहेका छन् ।

अर्को नाटक हो – ‘खुशी ।’ उक्त नाटकमा बाबु र छोरी पात्र हुन्छन् । आफ्नो बाध्यताको कारण छोरीलाई छिमेकीकहाँ छाडेर विदेश जान्छन् ।

छोरीलाई पढाइमा पनि दबाब र काममा पनि बाध्यता रहेको दृश्य देखाईँदै उनको जीवनमा परेको असरलाई चित्रण गरिएको छ ।
‘पारिवारिक खुसी र सुखबाट बञ्चित हुनुपरेको पीडा र केटाकेटीले आफ्नो परिवारको साथ नपाउँदा जीवनमा परेको असरबारे नाटकमा देखाइएको छ,’ नाटकका मेन्टर ललिता विश्वकर्मा भन्छिन्, ‘बाबुले आफ्नो आँखै अगाडि छोरी हुर्काउन नपाउँदा खुसी नाम गरेकी छोरीको जीवनमा मानसिक असर पर्नु र उसको जीवनको लयमा पारेको प्रभावलाई देखाइएको छ ।’

उक्त नाटकले पुरुषबादी असमानता, समाजबाटै ग्रसित, विभेदमा बाँचिरहनुपर्ने दृश्य र अपहेलित दृष्टिकोणबाट हेर्ने चरितार्थलाई उदृत गरिएको छ । नाटकको निर्देशनमा श्रेया भट्टराई रहेकी छन् । यसैगरी कलाकारहरूमा भट्टराईसहित संस्कृति कार्की, श्रेयाशं पोखरेल, रिजन पोखरेल, रोनक अग्रवाल र समृद्धि दुलाल रहेका छन् ।

यस्तै, ‘दुर्गन्ध’ शीर्षकको नाटकले समाजको वास्तविक अवस्थालाई चित्रण गरिएको छ । उक्त नाटकमा एकजना नेता हुन्छन् । उनले फोहोर व्यवस्थापन गर्ने ठेक्का पाएका हुन्छन् । तर, गाउँबस्तीबाट उठाएको फोहोर फूलबारी भन्ने गाउँमा लगेर फालिन्छ ।

अवैधानिक र कानुन विपरीत तवरबाट फोहोर फ्याल्दा समाजमा पर्ने असर र त्यसले मानिसको ज्यानै लिएको दृश्यलाई नाटकमा उल्लेख गरिएको छ ।

आफूले पाएको जिम्मेवारी पूरा गर्न नसक्नु र नेताहरूले आफूकेन्द्रित राजनीति गर्दा सर्वसाधारण मानिसले अकालमै ज्यान गुमाउनुपरेको दृश्यलाई व्यंग्यात्मक तरिकाबाट देखाइएको थियो ।

नाटकको मेन्टरका रूपमा रहेका थिए, निशान राई । यसैगरी निर्देशनमा आरुषी कट्टेल र अभि पोखरेल रहेका छन् । कलाकारहरूमा कट्टेल र पोखरेलसहित श्रृदिम न्यौपाने, आविष्कार भट्टराई, सुदिस्ना गिरी, सफल भट्टराई, अंकिता राना मगर, स्वारांश चौधरी र असु नेपाल रहेका छन् ।

अन्तिममा प्रस्तुत गरिएको नाटक हो – ‘एक सय एक, सब् एक सय एक ।’

यहाँ विभिन्न प्रजातिका तरकारीहरू हुन्छन् । तरकारीहरू बेचिनका लागि बजारमा छन् । तर कसको मूल्य बढी महत्व हुन्छ भन्नेबारे आपसमा झगडा गर्छन् । र, उनीहरू भन्छन्, ‘मान्छेहरू जस्तो झगडा नगर ।’ सबै तरकारीहरू एक सय एक र सबैको महत्व उत्तिकै हुने कुरा नाटकमा देखाइएको छ ।

‘मान्छे पनि सबै एक सय एक नै हुन् भन्ने कुरालाई चित्रण गरिएको छ,’ मेन्टर जैनब खानले भनिन्, ‘मान्छेहरूले टिम वर्क गरेर अगाडि बढ्नुपर्छ र घमण्ड गर्नुहुँदैन भन्ने सन्देश दिइएको छ ।’

नाटकको निर्देशनमा सुहन चौलागाईँ रहेका छन् । यसैगरी कलाकारहरूमा सुहनसहित प्रयुस भट्टराई, हृदय खनाल, साम्राज्ञ दाहाल, विश्वजित अग्रवाल, समृद्धि दुलाल, सम्भवि दाहाल, क्रिन्जल विष्ट, र रिदिमा कालाखेती रहेका छन् ।

स्कुल थियटरको नवौं संस्करणका संयोजक विकास श्रेष्ठले दुई दिन प्रस्तुत गरिएको उक्त नाटक एक हजार पाँच सय बढीले हेरेका छन् । ६ वटा शो प्रस्तुत गरिएको उनले बताए । ‘म आफैँ पनि स्कुल थियटरको तेस्रो संस्करणको विद्यार्थी हुँ, हामीले अहिले निरन्तर नाटक क्षेत्रमै स्थापित हुने अभ्यास गरिरहेका छौँ,’ श्रेष्ठले भने, ‘त्यसबेला अग्रजहरूले के गर्ने, कसो गर्ने भन्नुहुन्थ्यो । अहिले स्कुल थियटरबाटै आएका विद्यार्थीहरूले नै मजबुत भएकाले त्यही टिमबाट काम भइरहेको छ ।’

कलालयकै प्रशिक्षणमा उदाएका कलाकारहरू अग्रपंक्तिमा रहेर निरन्तर नाटक गरिरहेको बताउँछन्, अर्का कलाकार प्रजल दुलाल । ‘हामीले नाटकमै जीवन खोजिरहेका छौँ । नाटकले जीवन बुझ्न मात्रै होइन, जीवन बाँच्न पनि सिकाउँछ,’ दुलाल भन्छन्, ‘नाटकले आफूलाई मात्रै होइन, समाज चिन्न पनि सिकाउँछ ।’

नाटकको नेपथ्यमा हिमाल निरौला, राजा श्रेष्ठ, हिमा पौडेल, करण प्याकुरेल, विजय श्रेष्ठ, मनिल न्यौपाने, सक्षम किराती, भवानी ढकाल, पूर्णिमा भट्टराई, विपन कार्की, प्रशुसदत्त ओझा, विमल बस्नेत, सुगम दुलाल, आशिष पुरी रहेका छन् ।

‘नाटकको कथा निर्माणदेखि निर्देशनसम्म प्रशिक्षार्थी विद्यार्थीहरूकै रहेको छ,’ कलालय इटहरीका अध्यक्ष सोनु जयन्ती भन्छन्, ‘आफूलाई म सक्छु भन्ने अनुभूति होस् भन्ने उदेश्यले सानै उमेरमै हामी सक्छौँ भन्ने भाष्य निर्माण गर्नका लागि पनि यो अभ्यास गरिएको हो ।’ उनका अनुसार कलालय इटहरीले १४ वर्षयता स्कुल थियटर सञ्चालन गरिरहेको छ ।

‘हामी सक्दैनौँ, अरुले गरेको काममै निर्मित हुनुपर्छ’ भन्ने भाष्यलाई चिर्नका लागि पनि प्रशिक्षार्थीहरूलाई नाटक क्षेत्रमा स्थापित गर्न उनीहरूले नै कथा लेखन र नाटकको निर्देशन गरेको जयन्तीले बताए ।

‘हामीले यसअघि इटहरीमा प्रदर्शन गरिरहेको मूलधारका नाटकमा सहभागी सबै कलाकारहरू स्कुल थियटरबाटै स्थापित भएका हुन्,’ जयन्ती भन्छन्, ‘हाम्रो उदेश्य कलाकार उत्पादन र तिनीहरूलाई यस क्षेत्रमै स्थापित गराउनसँगै जीवन बुझ्न सहज भन्ने हो ।’

उनले ‘थियटरले नाटक गर् भनेर नभन्ने र आफूलाई खोज्’ भन्ने उदेश्य राख्ने सुनाए । उनले थपे, ‘सबैजना नाटकमै स्थापित हुनुपर्छ भन्ने होइन, आफू जुनसुकै क्षेत्रमा भएपनि त्यहाँ नाटकले उसको जीवनलाई सहज होस् भन्ने हो । र, नाटकले मानवीय स्वभाव बुझ्न सिकाउँछ ।’

कार्यक्रममा प्रसिद्ध नाट्यकर्मी सिके श्रेष्ठले इटहरीमा समर्पणको भावनाका कारण नाट्यकर्म भइरहनु सुखद रहेको बताए ।

‘नाट्यकर्मलाई निरन्तरता दिने काम जुन भएको छ, यो निकै सन्दर कार्य हो,’ उनले भने, ‘कति ठाउँका कार्यशालामा एउटा ग्रुपलाई लिएर गरिन्छ । अर्को सालदेखि उनीहरू कहाँ जान्छन्, के गर्छन् खोजी गरिदैँन । तर, कलालयले हरेक वर्ष कार्यशाला गरिरहनु र यहाँ उत्पादन भएका कलाकारहरूलाई टिकाउन गरिएको अभ्यास साँच्चै सुन्दर छ ।’

इटहरीमा बर्सेनि स्कुल थियटरसँगै मूलधारका नाटक पनि प्रदर्शन हुँदै आएका छन् । यसअघि कलालयकै आयोजनामा दुईपटक अन्तरदेशीय साझा रङ्गमञ्चसमेत आयोजना भइकसेको छ ।

केही वर्षअघिदेखि भारतका विभिन्न सहरमासमेत सहकार्य गर्दै नाटक प्रदर्शन गर्दै आएको कलालयले जनाएको छ ।

भिडियो

Tags: कलाकलालयटाकुरा विशेषसोनु जयन्ती
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम
विविध

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

विराटनगर : कोशी प्रदेशका पर्यटकीय क्षेत्रको सुरक्षा तथा पर्यटकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको सातदिने ‘पर्यटक प्रहरी...

चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु
समाचार

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

झापा : झापाको गौरीगञ्जमा मङ्गलबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ निवासी ३० वर्षीय...

गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

१० महिनापछि काँकरभिट्टा नाकामा ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालन

असार ९, २०८३

जेनजी आन्दोलनमा कारागारबाट फरार युवक इटहरीमा ब्राउनसुगरसहित पक्राउ

असार ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

असार ९, २०८३
चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

असार ९, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    354 shares
    Share 142 Tweet 89
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.