Sunday, September 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

आज मैले तिमीलाई खोजिनँ

राजेन्द्र गाैतम by राजेन्द्र गाैतम
भदौ १४, २०८२
in कला साहित्य
0
78
SHARES
Share on FacebookShare on Twitter

किन खोज्ने, के खोज्ने
बिलायौ, तिमी छैनौ
सशरीर र जिउँदो हुँदा
हिजो पटक्कै खोजिएन
आज खोजेर भेटिन्न
नभेटिने र नपाइने चीज
खोज्ने मेरो बानी छैन
खोजेर समय खर्चनु छैन
त्यसैले, बाउ !
आज मैले तिमीलाई खोजिनँ ।

तिमी जिउँदो हुँदा
गाली गरियो, रिसाइयो
यो बूढो कति कराउँछ भनेर
बेअर्थ आज खोज्नुको के अर्थ ?
जिउँदो हुँदा सरापियो
कस्तो किचकिचे भनेर
मान सम्मानको पथ नै बिर्सेर
अपमान गरियो
त्यसैले, बाउ !
आज मैले तिमीलाई खोजिनँ ।

यो देउ, त्यो देउ
भनियो सबै देउ
घर, जग्गा, सम्पत्ति
जीवनभर त्यहीँ भनियो
सबै दियौ
त्यो फगत लाग्यो
तिमीले जीवन दियौ
मलाई धरा देखायौ
त्यो पनि अपुग भएर
तिम्रो खरानी उडाएँ
अनि हावामा बिलायौ
सदासदाका लागि हरायौ
त्यसैले, बाउ !
आज मैले तिमीलाई खोजिनँ ।

सास दियौ, गाँस दियौ
बास दियौ,कपास दियौ
जे थियो, त्यो सबै दियौ
त्यतिले नपुगेर तिमीले
जीवनमा आश दियौ
त्यही आशमा म बाँचिरहेछु
सबै दिएर पनि तिमी छैनौ
भौतारिएर जलेछु
त्यसैले, बाउ !
आज मैले तिमीलाई खोजिनँ ।

ङिच्च हाँसेको
दाँत देखाएको
मुजा परेको अनुहार
सामाजिक सञ्जालमा
तिम्रो र मेरो फोटो हाल्दैमा
तिमी आउने भए
तिम्रा थुप्रै तस्वीर मसित छन्
ती सबै हाल्ने थिएँ
बुढ्यौलीमा खान, लाउन
पानी र औषधि मात्रै होइन
घरमा बस्नसम्म नदिएर
वृद्धआश्रममा लखेट्ने
कुसंस्कारको सिकार बनेको
समाजको सदस्य हुँ म
त्यसैले, बाउ !
आज मैले तिमीलाई खोजिनँ ।

Tags: कविताराजेन्द्र गौतम
राजेन्द्र गाैतम

राजेन्द्र गाैतम

Related Posts

मनिष गाैतमका दुई गजल
FEATURE BREAKING

मनिष गाैतमका दुई गजल

by राजेन्द्र गाैतम
अशोज ३, २०८३
0

गजल - १ हिजो सम्मन् भयो भ्रम फूल मात्रै ठानियो दामी । उनी दिलमा बिझिन् मेरो र काँडा लाग्दियो दामी...

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन
कला साहित्य

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

by राजेन्द्र गाैतम
अशोज ३, २०८३
0

विराटनगर । अग्रज कवि तथा रङ्गकर्मी प्रयाग न्यौपानेको नयाँ कविता संग्रह ‘अन्पी मुसहरको माटो’ सार्वजनिक भएको छ। विराट साहित्य संगमले...

मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३
गजल (राज भट्टराई)

गजल (राज भट्टराई)

अशोज ३, २०८३
‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

अशोज २, २०८३
म आफैँसँग नहारूँ (कविता )

म आफैँसँग नहारूँ (कविता )

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनिष गाैतमका दुई गजल

मनिष गाैतमका दुई गजल

अशोज ३, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३
अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अशोज ३, २०८३
संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    516 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    294 shares
    Share 118 Tweet 74

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.