श्रृंगार गरी ऐना हेरी लजायौ आफैँ सँग
खै के सम्झेर एक्लै मुस्कुरायौ आफैँ सँग
मायाको भाषा बुझिन्छ केही नबोले पनि
नबोली नबोली मलाई बगायौ आफैँ सँग
छुट्न परे पनि टुट्न सक्दैन मुटुको माया
त्यो साँचो मायाको नशा पिलायौ आफैँ सँग
डुबीरहेँ म तिम्रो आँखाको त्यो गहिराईमा
प्रेमको चरम आनन्दमा पुर्यायौ आफैँ सँग
पाल्पा
हाल– अफ्रिका
Discussion about this post