Sunday, September 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

छिमेकी

विवेक धिमाल by विवेक धिमाल
भदौ २१, २०८२
in कला साहित्य
0
अब को किसान ?
133
SHARES
Share on FacebookShare on Twitter

हाम्रो घरको उचाई नमिलेपनि
परिवारको आकार नमिलेपनि
आयश्रोतको मात्रा नमिलेपनि
आवश्यकता र चाहना नमिलेपनि
हाम्रो मन मिल्छ
हाम्रो व्यवहार मिल्छ
किनभने हामी छिमेकी हौँ

एकअर्कालाई सहयोग गर्न पर्खालले छेकेको छैन
सुख दुःख साट्न घमण्डले रोकेको छैन
रहरहरू साँध नाघेर लहराउन पाएका छन्
पीडाहरू मनको बाँध भत्काएर पोखिन पाएका छन्
किनभने हामी छिमेकी हौँ

मेरो घरको बलेँशी छिमेकीको आँगनमा डुल्छ
मेरो बारीको फर्सी उतैतिर गएर फूल्छ
मेरो खेतको धान
आलीबाट निहुरिएर उतैतिर झुल्छ
तैपनि हाम्रो खेतबारीमा ईष्र्या फलेन
झगडाको बिऊ उम्रिएन

मेरो घरमा के पाक्दैछ ? छिमेकीलाई मतलब नहोस्
छिमेकीको मुख कसरी चल्दैछ ? मलाइ मतलब नहोस्
बरु चासो होस्—
छिमेकीको ढोका किन खुलेन ?
छिमेकीको घरमा आज किन साँझ बत्ती बलेन ?

छिमेकी असल हुनु भनेको
हरेक दिन ताल्चा झुण्डाएर बस्नुपर्ने झण्झटबाट
ढोकाहरू मुक्त हुनु हो

मेरो घरमा पस्ने आँधी छिमेकीले छेकेन भने ?
छिमेकीको छानो उडाएको मेरो मनले देखेन भने ?
हामी कस्तो छिमेकी ?
के का लागि छिमेकी ?

हाम्रो सम्बन्धको उचाई देखेर उचाई बढेन दुश्मनीको
जन्म भएन दुश्मनहरूको
हाम्रो मन फराकिलो भएर नै
साँघुरिन पाएनन् हाम्रा खेतबारीहरू
जग्गा जमिनहरू

वर्षौँदेखि ध्यानमग्न छन्
बारीको साँधमा गाडिएका ढुंगाहरू
त्यसैले हामी
खेतबारीमा शान्त भएर काम गर्छौ
ता कि
साँधमा गाडेको ढुंगाहरूको ध्यान भंग नहोस् भनेर

यदि
मेराजस्तै छिमेकी मेरो देशले पाएको भए ?
हाम्रा साँधहरूजस्तै स्थिर, अचल
मेरो देशका सीमास्तम्भहरू भइदिएको भए ?

म
मेरो देशका लागि
एउटा असल छिमेकी खोजिरहेछु ।
०००

Tags: #साहित्यकविताविवेक धिमाल
विवेक धिमाल

विवेक धिमाल

Related Posts

मनिष गाैतमका दुई गजल
FEATURE BREAKING

मनिष गाैतमका दुई गजल

by विवेक धिमाल
अशोज ३, २०८३
0

गजल - १ हिजो सम्मन् भयो भ्रम फूल मात्रै ठानियो दामी । उनी दिलमा बिझिन् मेरो र काँडा लाग्दियो दामी...

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन
कला साहित्य

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

by विवेक धिमाल
अशोज ३, २०८३
0

विराटनगर । अग्रज कवि तथा रङ्गकर्मी प्रयाग न्यौपानेको नयाँ कविता संग्रह ‘अन्पी मुसहरको माटो’ सार्वजनिक भएको छ। विराट साहित्य संगमले...

मुखौटाभित्रको मान्छे  (कविता)

मुखौटाभित्रको मान्छे (कविता)

अशोज ३, २०८३
गजल (राज भट्टराई)

गजल (राज भट्टराई)

अशोज ३, २०८३
‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

‘काफ्ले’ गीतका सर्जक युवराज काफ्लेले ‘बखते’ चलचित्र निर्माण गर्ने

अशोज २, २०८३
म आफैँसँग नहारूँ (कविता )

म आफैँसँग नहारूँ (कविता )

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनिष गाैतमका दुई गजल

मनिष गाैतमका दुई गजल

अशोज ३, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३
अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अशोज ३, २०८३
संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    516 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    294 shares
    Share 118 Tweet 74

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.