उनी आउने बाटैभरी, पुष्पगुच्छा छरेकै थेँ
ठूला जंघार, समुन्द्र नि एक्लै एक्लै तरेकै थेँ ।
माया प्रेम साट्छु भनी, घरको काम थाती राखी
साँझपख रुझ्दै भिझ्दै बेसीसम्म झरेकै थेँ ।
त्यो मोरीले खोट लगाई, छ्या कस्तो झुसे रैछ अरे
म त गाउँले सोझो केटो चिटिक्कै त परेकै थेँ ।
आम्ने साम्ने त्यै दिन भेट, फेसबुकमा बोलचाल भाथ्यो
मीठो बोलीवचनले, कठोर त्यो मन हरेकै थेँ ।
जिन्दगीको पहिलो प्रेम, सफल हुने विश्वास थियो
हरेक क्षण हरेक पल, उनकै यादमा मरेकै थेँ ।
इटहरी १८ सुनसरी
हाल –ः पोल्यान्ड
Discussion about this post