इटहरी : इटहरी उपमहानगरपालिकाले यहाँका दुई वटा क्याम्पस र तीनवटा विद्यालयमा सेनेटरी प्याड डिस्पोजल मेसिन सहयोगस्वरुप प्रदान गरेको छ ।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जनता क्याम्पस इटहरी र राष्ट्रिय जनसहयोग कलेज इटहरीलाई सेनेटरी प्याड डिस्पोजल मेसिन प्रदान गरेकी छन् । यस्तै, शारदा मावि खनार, जनता मावि इटहरी र पकली माविमा मेसिन प्रदान गरिएको गौतमले बताइन् ।
प्रयोग भइसकेका सेनेटरी प्याड उक्त मेसिनमा लगाएपछि मेसिनले जलाएर खरानी बनाउने उनले बताइन् ।
प्याड जथाभावी फाल्दा फोहर हुने तथा रोग फैलने भएकाले उपमहानगरपालिकाबाट उक्त मेसिन सहयोग प्राप्त भएपछि सहज हुने शारदा मावि खनारका प्रधानाध्यापक पीताम्वरसिंह राईले बताए ।












Discussion about this post