इटहरी : इटहरीमा सरकारविरूद्व विरोध प्रर्दशन गरिएको छ ।
मन्त्री रेणु यादवले दिएको अभिव्यक्ति र पेट्रोलियम पर्दाथको मूल्य वृद्धिका विरोधमा राष्ट्रिय युवा संघ नेपाल सुनसरीले इटहरीमा आज (शनिबार) विरोध प्रर्दशन गरेको हो ।
मन्त्री यादवले एक कार्यक्रममा गौर हत्या काण्ड जस्तै हुने भन्दै जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान लिने धम्की दिएकी थिइन् । मन्त्री यादवको अभिव्यक्ति अराजकता भएको युवा संघले ठहर गरेको छ ।
विरोध कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य तथा नेकपा एमाले जिल्ला सदस्य अरुण गुरुङ, युवा संघ केन्द्रीय सदस्य जीतेन्द्र थापा, नेकपा एमाले जिल्ला सदस्य रुपेश बजगाई, युवा संघ नेपाल सुनसरी जिल्ला संयोजक सुजन लामा राष्ट्रिय युवा संघ नेपाल इटहरी संयोजक कमल दाहाल लगायतका युवाहरूले सरकारले गरेको मूल्यवृद्वि विरूद्व बोलेका थिए ।














Discussion about this post