इटहरी : ब्याजदर वृद्विको विरुद्वमा उद्योग बाणिज्य संघ (उवासंघ) सुनसरीले विरोधका कार्यक्रम गर्ने भएको छ ।
बैङ्क तथा वित्तीय संस्थामा भएको ब्याजदर वृद्विको विरुद्वमा सुनसरी उद्योग वाणिज्य संघले विरोधको कार्यक्रम तय गरेको हो ।
कार्त्तिक २३ गते बुधवारदेखि कार्यक्रम सुरु गर्ने जनाएको उवासंघ सुनसरीले बैङ्क तथा वित्तीय संस्थाको मनोमानी बढेको बताएको छ ।
२३ गते बुधवार कुनै पनि बैङ्कसँग कारोबार नगर्ने र २ घण्टा प्लेकार्ड बोकेर मौन जुलुस गर्ने जनाइएको छ । यस्तै, २५ गते शुक्रबार १० बजे उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को कार्यालयमा भेला भइ मुख्यमन्त्री र राष्ट्र बैङ्कको कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ ।
२८ गते सोमबार उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यालय काठमाण्डौंमा धर्ना दिइने उवासंघ बताइएको छ ।












Discussion about this post